काठमाडौँ ,२० मंसिर । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले निर्वाचनकाे मौन अवधि ‘मनि अवधि ’ बन्न सक्ने गम्भिर संकेत देखिएको जनाएका छन् ।
मौन अवधि सुरु भएसँगै थुप्रै ठाउमा उम्मेदवारहरु पैसासहित रंगेहात समातिएकाे खबर सार्वजनिक भइरहेका बेला भट्टराइले दाेस्राे चरण निर्वाचनकाे पूर्वसन्ध्यामा सामाजिक सञ्जालमा मौन अवधिमा आर्थिक चलखेल हुनसक्ने भन्दै मतदाताहरुलाई सचेत गराएका छन्।
भट्टराईले मनि अवधिले दल र उम्मेदवारलाई क्षणिक लाभ हुने तर लोकतन्त्र मृत्युशैयामा पुग्ने जनाएका छन् । उनले लेखेका छन् , मौन अवधि “मनी अवधि” बन्नसक्ने गम्भीर संकेत जताततै देखिएको छ!यसले दल र उम्मेदवारलाई क्षणिक लाभ त देला तर लोकतन्त्र मृत्युशैय्यामा पुग्नेछ!त्यसैले मतदाता बढी सचेत र सतर्क बनौं! स्मरण गरौं- तपाई हाम्रो मत किनवेचको वस्तु हैन स्वेच्छिक दान हो, त्यसैले “मतदान” भनिएको हो!
उनकाे स्टाटसमा धेरैले समर्थन गरेका छन् ।