एमाले उम्मेदवार शाहको निर्देशनमा माकेका कार्यकर्तामाथि आक्रमण ! तीन जना घाइते

एमाले उम्मेदवार शाहको निर्देशनमा माकेका कार्यकर्तामाथि आक्रमण ! तीन जना घाइते

  • बुधबार, मंसिर २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

२० मंसिर,सल्यान । मौन अवधिकै बीच नेकपा एमालेका कार्यकर्ताले माओवादी केन्द्रका कार्यकर्तामाथि सांघातिक आक्रमण गरेका छन् ।

सल्यानको वनगाड कुविन्डे नगरपालिकामा–७ मा एमालेका कार्यकर्ताहरुले मंगलबार राति सांघाति आक्रमण गरेको माओवादी केन्द्रका जिल्ला संयोजक कर्णबहादुर बुढाथोकीले बताए । आक्रमणमा परी माओवादी केन्द्रका स्थानीय नेता जीवन बहादुर ठकुरी, नरेन्द्र सिंह, पर्मिलसिंह शाह घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भएको बताइएको छ ।

माओवादी केन्द्र सल्यानले एमालेका प्रदेश सभा (क) का उम्मेदवार गुलाब जंग शाहको निर्देशनमा आफ्ना कार्यकर्तामाथि आक्रमण भएको आरोप लगाएको छ ।

बुधबार विहानैबाट उम्मेदवार शाहको गाउँ समेत रहेका वनगाड कुवेन्डेमा एमाले नेता कार्यकर्ताहरु भेला भएका छन् । सोही नगरपालिकाका मेयर गोविन्द पुनको आजको भेलाको व्यवस्थापन गरेको बताइएको छ ।

भोलि बुथ कब्जा गर्ने योजना बनाउन लागेको माओवादी केन्द्र र नेपाली काँग्रेसले आरोप लगाएका छन् ।

अन्य जिल्लामा एमाले-माकेबीच चुनावी तालमेल भएपनि सल्यानमा माओवादी केन्द्र चुनौती दिँदै बागी उम्मेदवारी दिएको छ ।

यो पनि पढ्नुस् ।

सल्यानका मतदाता भन्छन्- एमाले हौं तर गुलाबजंगलाई भोट हाल्दैनौं

एमाले-माकेको गठबन्धन टुट्‍यो ! एकले अर्कालाई हराउने सार्वजनिक रुपमा घोषणा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ