सुर्खेतमा मतदान केन्द्र प्रमुखसहित २१ जना कर्मचारी कब्जामाः मतपेटिका जलाइयो,सुरक्षाकर्मी कोठाभित्रै थुनिए

सुर्खेतमा मतदान केन्द्र प्रमुखसहित २१ जना कर्मचारी कब्जामाः मतपेटिका जलाइयो,सुरक्षाकर्मी कोठाभित्रै थुनिए

  • बुधबार, मंसिर २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

२० मंसिर,सुर्खेत । सुर्खेतको बराहक्षेत्र गाउँपालिका ३ भेरीचङ्गा मावि मतदान केन्द्रका सबै मतपेटिका र निर्वाचन सामाग्री स्थानीय युवाले कब्जामा लिएका छन् ।

मतदान केन्द्रका प्रमुखसहित २१ जनाको टोलीलाई नियन्त्रणमा लिएर मतपेटिका कब्जा गरि जलाईदिएको जनाईएको छ । उनीहरुले कर्मचारीलाई नियन्त्रणमा लिएर मतपेटिका, मतपत्र, चिन्ह लगाउने मसीलगायत बाँकी सबै चुनावी सामग्री कब्जा गरि जलाईदिएका हुन् ।

मतदान केन्द्रको सुरक्षार्थ खटिएका १६ जना प्रहरीलाई स्कुलकै भवनभित्र बन्द गरेर स्थानीयले बाहिरबाट ताला लगाईदिएका थिए भने अधिकृतसहित ५ जनाको सरकारी टोलीलाई आफ्नो नियन्त्रणमा लिएको स्थानीय स्थानीय बिकास बिकले जानकारी दिएका छन् ।

मतपेटिका कब्जा गरेर जलाईसकेपछि नियन्त्रणमा लिइएका अधिकृतसहितको टोली र प्रहरीहरुलाई स्थानीयवासीले छोडिदिएका बीकले बताए ।

मतदान केन्द्रको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई बाहिरबाट ताला लगाएर सबै नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

त्यसपछि अधिकृतसहितको टोली राति नै भेरी मावि तरङ्गा मतदान केन्द्र छोडेर भागेको बताईएको छ । ३ मतपेटिका जलेसँगै जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज ब्यापकरुपमा नेपाली सेना र नेपाल प्रहरी परिचालन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ