बाँकेका अधिकांश मतदानस्थल अति संवेदनशीलः सुरक्षा व्यवस्था कडा, सिमामा संयुक्त गस्ती

बाँकेका अधिकांश मतदानस्थल अति संवेदनशीलः सुरक्षा व्यवस्था कडा, सिमामा संयुक्त गस्ती

  • बुधबार, मंसिर २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

नेपालगन्ज, मंसिर २० ।
बाँकेका अधिकांश मतदानस्थल अति संवेदनशील पाइएपछि निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

निर्वाचनलाई लक्षित गरेर जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, म्यादी प्रहरी र राष्ट्रिय अनुसन्धान निकाय एकीकृत ढंगले पर्याप्त मात्रामा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

निर्वाचन विरोधी गतिविधि हुने क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले जानकारी दिनुभयो ।

तीन क्षेत्र रहेको बाँकेमा तीन प्रतिनिधि सभा र ६ प्रदेशसभा सदस्यका लागि विहीबार मतदान हुँदैछ । जिल्लामा १ सय ३६ वटा मतदानस्थलका ३ सय २७ मतदान केन्द्र रहेका छन् ।

१ सय ३६ मतदान स्थलमध्ये १ सय १ वटा अति संवेदनशील र ३६ वटा मतदान स्थल संवेदनशील छन् । सोही अनुसार नै सुरक्षा व्यवस्था मिलाइएको तामाङले बताउनु भयो ।

कुनै पनि स्थान तथा मतदान केन्द्रमा कुनै घटना भएमा ढिलोमा १० मिनेटभित्र सुरक्षाकर्मी पुग्ने गरी तयारी गरिएको उहाँको भनाइ छ । सिमामा नेपाली र भारतीय सुरक्षाकर्मीले संयुक्त रुपमा गस्तीसमेत गरिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ