धनकुटामा ६७ वटा अपाङ्गतामैत्री मतदान केन्द्र, ताप्लेजुङको गणनास्थलमा सीसी क्यामेरा जडान

धनकुटामा ६७ वटा अपाङ्गतामैत्री मतदान केन्द्र, ताप्लेजुङको गणनास्थलमा सीसी क्यामेरा जडान

  • बुधबार, मंसिर २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

धनकुटा, मंसिर २० ।
धनकुटामा अपाङ्गता भएका ब्यक्तिलाई मतदानमा सजिलो पार्न ६७ वटा अपाङ्गता–मैत्री मतदान केन्द्र बनाइएको छ ।

अपाङ्गता भएकै कारण धेरै मतदाता बन्चित हुन परेको गुनासो आएपछि केन्द्र अपाङ्ग मैत्री बनाइएको निर्वाचन कार्यालय धनकुटाका प्रमुख केवलप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

जिल्लामा १ सय १७ वटा मतदान स्थलअन्तर्गत १ सय ५३ वटा मतदान केन्द्र छ ।

एक लाख ५ हजार १ सय ८८ जना मतदाता रहेको धनकुटामा १ सय ७३ जना अपाङ्गता भएका मतदाता रहेको निर्वाचन कार्यालय धनकुटाले जानकारी दिएको छ ।

उता, पहिलो चरणमा निर्वाचनसम्पन्न भएको ताप्लेजुङमा मतगणनाका लागि सुरक्षा व्यवस्था कडा बनाईएको छ ।

सुरक्षा संवेदनशिलतालाई ख्याल गरी सदरमुकाममा सुरक्षा व्यवस्था कडा बनाउनुको साथै मूख्य निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामरा राखिएको छ । मतगणना स्थलमा थप तारबार गरिएको छ ।

मतगणनाको समयमा राजनीतिक दल र अरु व्यक्तिले दखल दिन नसकून् भनेर गणना स्थलमा काठको फ्रेममा प्लाष्टिकको डोरी प्रयोग गरी बार लगाईएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो ।

बार बाहिर दलका प्रतिनिधि रहने र भित्र मतगणना गरिने छ । राजनीतिक दलका प्रतिनिधिसँगै उनिहरुलाई निगरानी गर्न सुरक्षाकर्मी पनि राखिने छ ।

मंसिर १० मा भएको मतदानको बिहीबार साँझ ५ बजेबाट मतगणना थालिने छ । गणना चारवटा कोठामा गरिने, प्रदेश र प्रतिनिधि सभाको एकैपटक गणना गरिने कार्कीले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ