लहान, मंसिर २० ।
सिरहाको लहान नगरपालिका–९ गोठटोलमा आज बिहान सकेट बम फेला परेको छ ।
लहान नगरपालिका–९ गोठ टोलस्थित विन्देश्वर साहको घर नजिकै सकेट बम फेला परेको हो ।
उक्त बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
संघीय समाजवादी फोरम नेपालका सक्रिय कार्यकर्तासमेत रहेका साहले घर नजिकै बम देखेपछि प्रहरीलाई खबर गर्नुभएको थियो ।
यसैबीच काठमाण्डौको नयाँ बस पार्कमा पनि बम प्रहार भएको छ ।
गएराति अज्ञात समुहले गोंगबु बस पार्कको गेटमा सुतली बम प्रहार गरेर भागेको जनाईएको छ । बम प्रहारपछि अहिले सो क्षेत्रको सुरक्षा ब्यावस्था कडा पारिएको छ ।
नयाँ बस पार्क आसपास बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ भने बम प्रहार गर्नेहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएके छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline