ओलीको वाणीः माओवादी केन्द्रले मुस्किलले २० सिट जित्छ !

ओलीको वाणीः माओवादी केन्द्रले मुस्किलले २० सिट जित्छ !

  • मङ्लबार, मंसिर १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

१९ मंसिर,काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि एमाले सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरेका छन् ।

निर्वाचनको मौन अवधि सुरुहुन केही घण्टा एउटा पहिले एक संचारमाध्यमलाई दिएको अन्तरवार्तामा ओलीले निर्वाचनपछि दुई तिहाईसहित एमालेको नेतृत्वमा सरकार बन्ने समेत बताए ।

अन्तरवार्ताको क्रममा अध्यक्ष ओलीले समानुपातिक भोट अरु माओवादी केन्द्र र तालमेलमा आएको अन्य पार्टीलाई नदिन एमालेका कार्यकर्ता, समर्थक र शुभचिन्तकलाई आग्रह समेत गर । “गठबन्धनका उम्मेदवारलाई प्रत्यक्षमा भोट दिएपनि समानुपातिकमा नदिनुहोला, समानुपातिकमा सूर्यलाई नै दिनुपर्छ” ओलीले भने ।

अध्यक्ष ओलीले चुनावमा नेपाली काँग्रेसले बढीमा ३० सिट जित्ने पनि दाबी गरे । त्यसैगरी सहयत्री दल माओवादी केन्द्रले बढीमा २० सिट जित्ने बताए । अरु केही सिट मधेसी दलले जित्ने र बाँकी सबै एमालेका उम्मेदवार विजयी हुने विश्वास व्यक्त गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ