वाममा घात नहुने !

वाममा घात नहुने !

  • सोमवार, मंसिर १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

 

पर्वत, १८ मंसिर  ।  प्रतिनिधिसभा र प्रदेशसभाका वाम गठबन्धनका उमेदवारले आफूभित्र कुनै घात प्रतिघात नहुने बताएका छन् ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर पर्वतले आयोजना गरेको पत्रकार सम्मेलनमा वाम उम्मेदवारका बीचमा कुनै घात प्रतिघात नहुने बरु सबै उमेदवारको मत कुचो काटे जस्तो बराबर आउने बताएका हुन् ।

प्रतिस्पर्धी उमेदवारहरुले वाम उम्मेदवारले एक अर्कालाई मत नदिने भन्दै मत मागे पनि आफूहरुमा कुनै घात र प्रतिघातको संभावना र कल्पनासमेत गर्न नसकिने उनीहरुको भनाई थियो ।

एमालेका वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार पद्म गिरीले भन्नुभयो ‘एमाले र माओवादीका कार्यकर्ताले एक अर्कालाई अन्तरघात गर्ने भन्ने कुरा कल्पना सकिन्न ।’

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रदेशसभा (क) का उमेदवार नेत्र अधिकारीले भन्नुभयो ‘कसैले चाहेर पनि अन्र्तघात संभव छैन’ ।
यसैबीच एमाले पोलिटब्युरो सदस्य तथा प्रदेश नं ४ का सहसंयोजक गणेश तिमिल्सिनाले पर्वतको निर्वाचनमा सधैँ मौन अवधिमा मतदाता किनबेच गरेर निर्णायक बन्ने गरेको आरोप लगाउनुभएको छ ।

प्रेस चौतारी र प्रेस सेन्टर पर्वतले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै तिमिल्सिनाले मौन अवधिमा मतदातालाई भेडाबाख्रासरी खरिद गरेर चुनाव जित्ने काम हुँदै आएको आरोप लगाउनुभएको हो ।

उहाँले पुसको पहिलो साता ४ नम्बर प्रदेशमा वामपन्थीले दुईतिहाई बहुमतको सरकार बनाउने दाबी पनि गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ