डोल्पा , १८ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टीले डोल्पाका दुई वटा स्थानीय तह कार्यालयलाई आफ्नो कब्जामा लिएको छ । कब्जामा लिइएका स्थानीय तह सरकारका साईनबोर्ड हटाएर नेकपाले आफ्नो जनसत्ताको बोर्ड टाँसेको छ ।
तल्लो डोल्पाको जगदुल्ला गाँउपालिका र मुड्केचुला गाँउपालिकाको कार्यालयमा स्थानीय सरकारका साईन बोर्ड हटाएर नेकपाले आफ्नो पार्टीको स्थानीय जनसरकारको साईनबोर्ड र झण्डा टासेको हो ।
दलाल पुँजिबादी संसदीय राज्य व्यवस्थाको अन्त्य गर्ने घोषणा गर्दै नेकपाले गाँउपालिकाका कार्यालयमा स्थानीय सरकारका झण्डा तथा बोर्ड हटाएर जनसरकारका झण्डा राखेका बताईएको छ ।
स्थानीय तह कार्यालय नेकापेल आफ्नो कब्जामा लिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट गाँउपालिकाको कार्यालय पुगेको प्रहरीले भने जनसत्ताको बोर्ड र झण्डा नभएको भन्दै घटना लुकाउने प्रयास गरेको छ ।
जिल्ला प्रहरी कार्यलय डोल्पाका प्रहरी नायव उपरिक्षक हरी प्रसाद शर्माका अनुसार गाँउपालिका बोर्ड भने तोडफोड गरिएको र कुच्चाएर फालिएको पाईए पनि जनसरकारको भण्डा र बोर्ड नभएको दाबी गरेका छन्।
आफुहरु जनवादी राज्य सत्ता ल्याउन लागि परेको बताउदै स्थानीय जनसरकार गठनको अभ्यासमा रहेको नेकपाले उक्त २ गाँउपालिकाका कार्यालय कब्जा गर्दै जनसत्ताको अभ्यास थालनी गरेको छ ।
पहिलो चरणको प्रतिनिधसभा र प्रदेशसभा निर्वाचन सकिए लगत्तै मु्ड्केचुला र जगदुल्ला गाँउपालिकामा नेकपाले संसदीय राज्य व्यवस्थाका बुरुद्ध आफ्नो जनासरकार स्थापनाका गतिविधि अगाडी बढाउदै गएको छ ।
स्थानीय तह कार्यालय कब्जामा लिएको नेकपाले सरकार जनबादी सत्ताको बाधक बनेको खण्डमा जनसंघर्षमार्फत स्थानीय तहमा निर्वा्चित प्रतिनिधिहरुलाइ जनकारवाही गर्ने चेतावनी दिएको स्रोतले बताएको छ ।