१८ मंसिर,काठमाडौँ । चुनावको प्रचार प्रसार अवधि सकिने अब केही समय मात्रै बाँकी छ । सबै दलहरुलाई आज अन्तिम निकै चटरो परेको छ ।
आफ्नो पार्टीबाट उम्मेदवारी लिएर चुनावी मैदानमा पुगेका धेरै नेता तथा उम्मेदवारीले अर्को पार्टीका झण्डा बोकेर हिडेको धेरै दृश्य अगाडि आएका छन् ।
यसैबीच विवेकशील साझा पार्टीको मुखमा पुगेको चर्चा पनि सुरु भएको छ । काठमाडौँ १ नम्बर क्षेत्रबाट चुनाव लडेका रविन्द्र मिश्रले आफूले हार्ने निश्चित भएको भन्दै आफू निकटका केही व्यक्तिहरुसँग माओवादी केन्द्रका उम्मेदवार अनिल शर्मालाई समर्थन गरेर पछि हट्ने मनस्थिति बनाएका बताइन्छ ।
आफूले भोट काटेपनि जित नहुने भन्दै मिश्रले त्यसको लागि केही व्यक्ति परिचालन समेत गरेका छन् । माओवादी केन्द्र र एमालेबाट राम्रो संकेत पाएपछि उम्मेदवारी फिर्ता लिने र शर्मालाई समर्थन गर्ने स्रोतले बतायो ।
चुनाव अगाडि एकता भएको अर्को समूह विवेकशीलका नेता उज्जवल थापा र रञ्जु दर्शना भने पछी हट्न नहुने भन्दै मिश्रसँग छलफल गरिरहेका छन् । उनीहरुले जति भोट आएपनि स्वीकार गरेर अगाडि बढ्नु पर्ने पक्षमा रहेको स्रोतको दाबी छ ।
विभिन्न मागहरु राखेर पटक पटक अनसन बस्दै आएका डा. गोविन्द केसीलाई विवेकशीले समर्थन गर्दै सडकमा उत्रदै आएको थियो तर डा. केसीले विवेकशील साझालाई चुनावमा सहयोग नगरेपछि पनि पार्टीभित्र विवाद बढेको हो । डा. केसीले खुलेर आफ्नो पक्षमा भोट माग्ने अपेक्षा मिश्रले गरेका थिए । त्यो आवश्वास थापा र दर्शनाले मिश्रलाई दिएका थिए तर केसीले काँग्रेस नेता गगन थापालाई भोट मागेपछि विवेकशील साझाभित्रको विवादमा मलजल पुगेको हो ।-अनलाइ डवलीबाट