एमबीबीएस प्रवेश परीक्षामा ४६ प्रतिशत उत्तीर्ण

एमबीबीएस प्रवेश परीक्षामा ४६ प्रतिशत उत्तीर्ण

  • सोमवार, मंसिर १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं, मंसिर १८ ।
चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले लिएको एमबीबीएस प्रवेश परीक्षामा ४६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

गत असोज २८ गते भएको प्रवेश परीक्षामा ‘इलेक्ट्रोनिक्स् डिभाइस’बाट चिट चोरी गरेको प्रमाणित भएपछि रद्द भएको प्रवेश परीक्षा गत मंसीर १६ गते लिइएको थियो ।

आइओएमले आज सार्वजनिक गरेको नतिजाअनुसार परीक्षामा सहभागी ७ हजार ३९८ जना मध्ये ३ हजार ३३१ जना उत्तीर्ण भएका छन् ।

त्यस्तै, २०१ जना विदेशी विद्यार्थीले दिएको प्रवेश परिक्षामा ३३ जनामात्रै पास भएका छन् । प्रवेश परीक्षामा सामेल हुन फारम भरेका १६७२ जना भने परीक्षामा सहभागी नभएको परीक्षा समिति संयोजक एंव सहायक डिन प्रा.डा.राजेन्द्र गुरागाँईले जानकारी दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी