२ नं प्रदेशमा मधेशवादी गठबन्धनको सरकार बन्ने दाबी

२ नं प्रदेशमा मधेशवादी गठबन्धनको सरकार बन्ने दाबी

  • सोमवार, मंसिर १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

जनकपुरधाम, १८ मंसिर
राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डल राजेन्द्र महतोले दुई नम्बर प्रदेशमा मधेशवादी गठबन्धनको सरकार बन्ने दाबी गर्नुभएको छ ।

जनकपुरधाम आज आयोजित पत्रकार सम्मेलनमा उहाँले निर्वाचनलाई मधेश आन्दोलनका उपलब्धिलाई निर्णायकसिद्ध गर्ने अवसरका रूपमा लिनुपर्ने खाँचो औँल्याउनुभयो ।

महतोले जनकपुरधामलाई मधेशको राजधानी बनाउने सन्दर्भमा कसैको पनि विमति नरहेको स्पष्ट पार्दै जनकपुरधामलाई मधेशको राजधानी बन्नबाट कुनै पनि शक्तिले रोक्न नसक्ने दृढता व्यक्त गर्नुभयो ।

जनकपुरधामलाई अपराधमुक्त बनाउनु जरुरी छ भन्दै उहाँले जनकपुर क्षेत्रमा विधिको शासनको प्रत्याभूति गराउन सम्बन्धित पक्ष गम्भीर हुनु आवश्यक रहेको उहाको धारणा थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ