काठमाडौं मंसिर १८ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ आंशिक तर्फको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ३५ दशमलव ५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका परीक्षा नियन्त्रक डम्बर बतासले बताउनु भयो ।
परीक्षामा सम्मिलित १ लाख १ हजार ३ सय ७५ मध्ये ३६ हजार ७४ जना विद्यार्थी उत्तीर्ण भएका हुन् । परीक्षामा सहभागी मध्ये २१ जना विद्यार्थीको परीक्षा रद्ध भएको छ ।
नतिजामा चित्त नबुझ्ने विद्यार्थीले ५ सय रुपैंया तिरी १५ दिन भित्र आवेदन गर्न सक्ने बतासले बताउनुभयो ।
गत बर्ष परीक्षामा सहभागि १ लाख ७ हजार ९ सय ९५ विद्यार्थी मध्ये आंशिकमा ३९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
यसैबीच परीक्षाफल हेर्न मोबाइलको मेसेज बक्समा गई पः टाइप गरी एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर टाइप गरी ३५००१ मा एसएमएस गर्न सक्नुहुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline