युवा केन्द्रित कार्यक्रम ल्याइने–नेता पण्डित 

युवा केन्द्रित कार्यक्रम ल्याइने–नेता पण्डित 

  • सोमवार, मंसिर १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

विराटनगर, १८ मंसिर । नेकपा (एमाले)का मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभा उम्मेदवार एवं पोलिटब्यूरो सदस्य लालबाबु पण्डितले विराटनगरको वृहत्तर विकास गरी युवालाई रोजगारी उपलब्ध गराउने बताउनुभएको छ ।
विराटनगर महानगरपालिका–९ मा आज आयोजित घरदैलो अभियानमा उहाँले अब बन्ने वाम गठबन्धन सरकारले युवालाई उनीहरूको क्षमताअनुसार रोजगारी उपलब्ध गराउने विश्वास दिलाउनुभयो ।
नेता पण्डितले सामाजिक सुरक्षाको भत्ताको रकममा वृद्धि गरी रु पाँच हजार पु¥याउने दृढता व्यक्त गर्नुभयो । सो अवसरमा प्रदेश ६ (२) का एमालेका उम्मेदवार रमेशप्रसाद पोखरेलले प्रदेश नं १ को राजधानी विराटनगरलाई बनाउने बताउनुभयो ।
घरदैलो अभियानमा स्थानीय जनताले बाटोको समस्या, खानेपानी, रोजगारी आदि समस्या नेता पण्डित र पोखरेललाई अवगत गराएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी