आफ्नो जित सुनिश्चित भईसकेको प्रचण्डको दाबी : भन्छन् “मेरो प्रतिस्पर्धी कोही छैन”

आफ्नो जित सुनिश्चित भईसकेको प्रचण्डको दाबी : भन्छन् “मेरो प्रतिस्पर्धी कोही छैन”

  • सोमवार, मंसिर १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

चितवन, १८ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्नुभएको छ ।

चितवनमा आज सन्चारकर्मीसँग कुरा गर्दै उहाँले जित सुनिश्चित देखेकै कारण आफू चितवनबाट उम्मेदवार बनेको बताउनुभयो ।

“जनताले पहिल्यैदेखि प्रचण्ड चितवन आउनुपथ्र्यो भन्ने चाहना व्यक्त गरेका रहेछन् । मैले बल्ल बुझ्दै छु,” उहाँले भन्नुभयो ।

विकासको प्रचुर सम्भावना भएको जिल्ला भएकाले देशभरिका लागि एउटा नयाँ नमुना प्रस्तुत गर्न आफू चितवनाट उम्मेदवार बनेको अध्यक्ष दाहालको भनाइ थियो । चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहनुभएका दाहालले भन्नुभयो– “मेरो प्रतिस्पर्धी कोही छैन ।”

आफूले देश र जनताका लागि गरेको योगदानको जनताले मूल्यांकन गर्ने भन्दै उहाँले अब चितवनबाट विकास र समृद्धिको यात्रा शुरु हुने बताउनुभयो । “यहीँको जनताले मलाई प्रचण्ड बनाएको हो, त्यो ऋण तिर्ने मेरो जिम्मेवारी हो,” अध्यक्ष दाहालले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ