भूकम्पपिडितको अनुदान चाँडै उपलब्ध गराउन पहल गर्नेछु : मन्त्री थापा

भूकम्पपिडितको अनुदान चाँडै उपलब्ध गराउन पहल गर्नेछु : मन्त्री थापा

  • सोमवार, मंसिर १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौ १८ मंसिर ।
महिला बालबालिका तथा समाज कल्याणमन्त्री विक्रम बहादुर थापाले मुलुकमा राजनीतिक अस्थिरताको अन्त्य गरी जनताको आर्थिक पहुँच विस्तार गर्न लोकतान्त्रिक सरकार आवश्यक रहेको बताउनु भएको छ ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ७ मा संयुक्त लोकतान्त्रिक गठबन्धनले आज बालाजुमा आयोजना गरेको चुनावी सभामा मन्त्री थापाले राजनीतिक अस्थिरता अन्त्य गरी जनताको आर्थिक पहुँच विस्तार गर्ने योजना लोकतान्त्रिक शक्तिसँग रहेको जिकिर गर्नुभयो ।

मन्त्री थापाले विभिन्न समयमा भएका परिवर्तनलाई संस्थागत गरी देशमा सामाजिक रुपान्तरणका लागि उक्त गठबन्धनलाई जनताले विश्वास गरी मतदान गर्नुपर्नेमा जोड दिनुभयो ।

उक्त क्षेत्रको ग्रामीण भागमा करिब चार हजार भूकम्प प्रभावितलाई सरकारले दिने भनेको रु तीन लाख उनीहरूले प्राप्त गर्न नसकेकामा चिन्ता व्यक्त गर्दै उहाँले उक्त रकम चाँडो उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ