माक्सले परिभाषित गरेको समाजवाद अहिले लागू हुनै सक्दैन : भट्टराई

माक्सले परिभाषित गरेको समाजवाद अहिले लागू हुनै सक्दैन : भट्टराई

  • आइतवार, मंसिर १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

चितवन, १७ मंसिर ।

नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले वामपन्थीको लोकतान्त्रिकरण र लोकतन्त्रको प्रगतिशीलकरण अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।

चितवनमा आज आयोजित ‘आसन्न निर्वाचनमा लोकतन्त्रवादी संस्थाको भूमिका’ विषयक कार्यक्रममा उहाँले लोकतन्त्रवादी नवउदारवादको सट्टा सामाजिकहितको पक्षबाट लोकतान्त्रिकरण गरेर जानुपर्ने बताउनुभयो ।

उहाँले माक्सले परिभाषित गरेको समाजवाद अहिले लागू हुन नसक्ने बताउँदै समाजवादी प्रजातन्त्र अहिलेको आवश्यकता रहेको बताउनुभयो । अहिलेको वाम गठबन्धनले देशको हितमा काम गर्न नसक्ने उहाँको भनाइ थियो ।
संसारमा नै असफल भएको कम्युनिष्ट धारामा वाम गठबन्धन भएको बताउँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका भट्टराईले भन्नुभयो, “अब मुलुक नयाँ समाजवादी प्रजातन्त्रमा जानुपर्छ, तर वामपन्थी पुरानै बाटोमा हिँड्नु भएकाले हामी उहाँहरूबाट छुट्यौँ ।”

लोकतन्त्र भनेको आधारभूत मान्यताको रक्षा गर्ने शक्ति भएको बताउँदै उहाँले यसको रक्षाका लागि संघसंस्थाको महत्वपूर्ण भूमिका हुन्छ भन्नुभयो ।

सोही कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री प्राडा शशांक कोइरालाले लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक गठबन्धन बनाउनुपरेको बताउनुभयो ।

अहिले लोकतन्त्रको पक्षमा जनमत रहेको भन्दै उहाँले साम्यवादले जितेमा जनताले बोल्न र लेख्न नपाउने बताउँदै आगामी निर्वाचनले जनताको भाग्य रेखा कोर्ने बताउँदै दलगत एकतालाई सुदृढ गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ