विराटनगर मंसिर ,१७।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुक भारतलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिनुभएको छ ।
बीराटनगरको पुष्पलाल चोकमा आयोजित चुनावी सभा सम्वोधन का क्रममा ओलीले नेपालको आन्तरिक मामिलामा विदेशि हस्क्षेप अस्विकार्य रहेको भन्दै भारत लाई छिमेकिको चासो नलिन आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले नेपाली काङ्ग्रेसको स्वाभिमान र राष्ट्रियता भनेको विदेशीका अगाडि सानो वनि घूँडाले टेकेर हिड्ने शैली भएको व्यङ्ग्यात्मक टिप्पणी समेत गर्नुभएको छ ।
अध्यक्ष ओलीले सुशासन, पारदर्शी शासन व्यवस्था, निजी क्षेत्रलाई उद्योग स्थापनामा प्रोत्साहन र देशको आर्थिक वृद्धिलाई कायम राख्न आगामी निर्वाचनमा वाम गठबन्धनलाई विजयी बनाउन आग्रह गर्नुभयो ।
संघीय संविधान कार्यान्वयन, राज्यमा जनताको पहँुच, मधेशी, आदिवासी, थारु आदि लगायत जनताको जीवनस्तर उकास्नका लागि वामगठगन्धनको विजय आवश्यक रहेको बताउँर्दै उहाँले एमालले नै क्षेत्रीयवादी वैमनश्यता हटाई राष्ट्रिय एकता कायम राख्ने दाबी गर्नुभयो ।
अध्यक्ष ओलीले अमेरिकी सहयोगमा पाँच सय अर्बको लागतमा आगामी पाँच वर्षभित्र पूर्व–पश्चिम राजमार्गलाई छ लेनको बनाउनुका साथै, पूर्व–पश्चिम रेल मार्ग, हिमाल, पहाड र तराई जोड्ने सडक र विद्युत् ऊर्जाको विकास गर्ने दृढता व्यक्त गर्नुभयो ।
उहाँले पञ्चायत कालमा हत्या गरिएका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता दुर्गानन्द झा, भीमनारायण श्रेष्ठ, यज्ञबहादुर थापा, राम लक्ष्मणलाई आफ्नो नेतृत्वमा बनेको सरकारले नै शहीद घोषणा गरेको स्मरण गराउनुभयो ।
विखण्डनकारी तत्वसित नेपाली काङ्ग्रेसले चुनावी तालमेल गरेको आरोप लगाउदै ओलीले बिपीको राष्ट्रियता र समाजवादलाई काग्रेसले छाडिसकेको वताउनु भयो ।
।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline