वामपन्थी सरकारले चीन र भारतसँग असल सम्बन्ध स्थापित गर्छ : अध्यक्ष दाहाल

वामपन्थी सरकारले चीन र भारतसँग असल सम्बन्ध स्थापित गर्छ : अध्यक्ष दाहाल

  • शनिबार, मंसिर १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

कपिलवस्तु, १६ मंसिर।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धन नेतृत्वको सरकारले भारत र चीन दुवै देशसँग असल सम्बन्ध स्थापित गरी अघि बढ्ने बताउनुभएको छ ।

मायादेवी गाउँपालिकाको पकडीमा वाम गठबन्धनले आज आयोजना गरेको आमसभालाई सम्बोधन उहाँले मुलुकभर वाम गठबन्धनको लहर देखेर नेपाली काँग्रेस अत्तालिएको बताउनुभयो । वाम सरकार आए मुलुकमा अधिनायकवाद आउँछ भन्नु काँग्रेसको पराजित मानसिकताको उपज भएको उहाँको भनाइ थियो ।

मुलुकमा स्थिर सरकार बन्न नसक्दा राजनीतिक अस्थिरता र आर्थिक विकास हुन नसकेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले यसपटक वाम गठबन्धनको नेतृत्वमा स्थायी सरकार बन्ने दाबी गर्नुभयो । काँग्रेसलाई पनि बृहत्तर लोकतान्त्रिक पार्टी निर्माण गरी अघि बढ्न आग्रह गर्दै उहाँले स–साना पार्टीलाई एकीकरण गरी अब मुलुकमा दुई वटा पार्टी मात्रै निर्माण गरिनुपर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ