यस्तो छ प्रचण्डको बाटो अबरुद्ध गर्ने बिक्रम पाण्डेको रणनिति !

यस्तो छ प्रचण्डको बाटो अबरुद्ध गर्ने बिक्रम पाण्डेको रणनिति !

  • शनिबार, मंसिर १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

अहिले हेबिवेटका रुपमा ब्याख्या गरिएका माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड लाई दोस्रोपल्ट चुनाबमा हराउन बिक्रम पाण्डेको नामबाट कोसिस सुरु भएको सुत्रहरुले बताएका छन् ।
यसका लागि सानै पार्टीको तर्फबाट भएपनि ठुलो ठेकदार बिक्रम पाण्डेले राम्रै चुनौती पेस गर्ने योजना अनुसार एमाले र माओबादी भित्रका केही मानिसलाइ गोप्य रुपमा परिचालन गरेको बुझिएको छ ।
दिनभरी प्रचण्ड को पछि पछि हिड्ने र राती बिक्रमको मदिरा पार्टीमा जाने गरेको यस अघि केही मिडियाले समाचार समेत लेखेका थिए ।
अहिले एमालेको औपचारिक साथ रहेकाले प्रचण्ड बिस्वस्त देखिएका छन् । तर बिक्रमलाइ काङ्ग्रेसको समर्थन रहेकाले उनी प्रचण्डलाइ हराउन ठुलो कोशिस गरिरहेका छन् ।
प्रचण्डको चितवन प्रतिकुलता भित्र सबै भन्दा ठुलो मुद्दा बादर मुदे घटना हो । जहाँ माओवादी धरापमा परि ३९ जना मारिएका थिए । त्यसका पीडित अझै आन्दोलनमा छन् । केही दिन अघि प्रचण्डका भाइ पर्ने नारायण दाहालले यो घटना उचाले ठिक नहुने धम्की दिएको आरोप लागेको थियो ।
यो मुद्दाका कारण प्रचण्डलाई हराउने बिक्रमको बुझाइ हुन सक्छ । अर्को मसला हो देवी ज्ञवाली । एमालेका उनलाइ हराएर आफ्नी छोरी रेनु लाई मेयर बनाउन मतपत्र चपाएको विषयले एमाले भित्रको आक्रोश ।
ज्ञवालीलाई चुनावी कमान्डर बनाएर फकाए पनि उनी समर्थक अझै सन्तुष्ट हुन नसकेको बुझिएको छ । यसको फाइदा बिक्रमलाई पुग्ने छ ।
अर्को तिर प्रचण्डले नेपाललाइ कहिले सिङ्गापुर कहिले स्विजरल्यान्ड बनाउछु भनेको कुरालाइ पनि बिक्रमले बिरोध जनाउने गरेका छन ।
प्रचण्डलाई राजन केसि ले २०७० सालमा २ हजार बढी मतले हराएका थिए ।
तर प्रचण्डले आफ्नो प्रतिस्पर्धी नै नभएको भन्दै पाण्डेको चुनौती मिनिमाइज गरिरहेका छन् ।

उनले चितवनको ज्योतिनगरमा शनिवार आयोजित चुनावी सभामा लोकतान्त्रिक गठवन्धनका उम्मेदवार बिक्रम पाण्डेप्रति लक्षित गर्दै प्रचण्डले उहाँकाे तर्फबाट पैंसाको खोले बगाएर मत किन्न खोजिँदैछ । मैले बुझेको छु । यहाँहरु पनि सचेत हुनुहोला ।’ भनेका थिए

समग्र चितवन जिल्लाको विकासका लागि आफू र वाम गठवन्धनले अगाडि सारेको योजनाप्रति व्यंग गरिएको भन्दै प्रचण्डले भने, ‘ठेकेदारको काम ठेक्का पाएअनुसार काम गर्ने हो । कहाँ हुँन्छ, हुँदैन भन्ने काम तपाईंको हैन । सरकार र हामीले कहाँ बनाउने भन्ने कुरा निर्क्यौल गर्छौं । राम्रो काम गर्नेभए ठेक्का–पट्टा तपाईंलाई नै दिउँला ।’ सम्म भन्न भ्याए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ