गलत ठहर भइसकेको अडियोबाट सिल्वालको चरित्र हत्या प्रयासमा विपक्षी !

गलत ठहर भइसकेको अडियोबाट सिल्वालको चरित्र हत्या प्रयासमा विपक्षी !

  • बिहिबार, मंसिर १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

ललितपुर,१४ मंसिर । आशन्न प्रतिनिधी सभा सदस्य पदको निर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ मा उम्मेदवार नवराज सिल्वालको चरित्र हत्या गर्न खोजिएको छ । केही बर्ष अगाडि नै अदालतबाट क्लिन चिट पाइसकेको मुद्दालाई बारम्बार प्रस्तुत गरि चरित्र हत्याको प्रयास गरिएको हो ।
प्रहरी प्रधान कार्यालयको २०७१ मंसिरमा गृह मन्त्रालय अन्र्तगत प्रहरी प्रधान शाखाले निवेदन गुन बहादुर थापाले विभिन्न मितिमा विभिन्न कार्यालयमा निवेदन दर्ता गराएको र सो उपर छानविन गर्दा प्रहरी नायव महानिरिक्षक सिल्वालको आवाज भनिएको सिडि समेत नक्कली प्रमाणित भइसकेको प्रहरी प्रदान कार्यालयको प्रतिवेदनबाट देखिन्छ  ।  रिसिवी र ब्यक्तिगत स्वार्थ पूर्तिका लागि नक्कली अभिलेख दर्ता गरि चरित्र हत्या गर्ने प्रयास  गरेको छानविन प्रतिवेदन सहितको ब्यहोराको पत्र पठाएको थियो । सो विषय उक्त पत्रबाट बुझ्न सकिन्छ ।
यसैगरि सोही मुद्दाका सन्दर्भमा २०७३ फागुन ४ गते सर्वोच्च अदालतका प्रधान न्यायधिस ईश्वर प्रसाद खतिवडाको आदेशमा भनिएको छ, “अदालतमा मुद्दा चलेको र फैसला भइृ सोको कार्यान्वयन सम्बन्धी विषयलाई जोडेर विपक्षी नवराज सिलवाललाई दोषिको रुपमा चित्रण गरि निवेदन गर्नुको कुनै औचित्य देखिदैन ।”
उक्त निर्णयमा निवेदकले उल्लेख गरेको तथ्यहरु यथार्थपरक र बस्तुगत हुन् भनी विश्वास गर्न सकिने आधार पनि देखा परेन भनिएको छ । न्यायधिस खतिवडाको एकल इजालासले उक्त रिट निवेदन खारेज हुने ठहर्ने निर्णय गरि खारेज गरेको थियो ।
प्रहरी प्रधान कार्यालयको अनसन्धान बजारमा आएको अडियो क्यारिकेचर गर्ने कलाकारबाट गराइएको कारणले त्यस अडियोलाई नक्कली सावित गरिसकेको सन्दर्भमा निर्वाचनको केही अगाडि भाइरल बनाइएको छ । युट्युवको त्यही नक्कली प्रमाणित भएको अडियोबाट विभिन्न अनलाईन मार्फत प्रस्तुत गर्दै चरित्र हत्यामा लागिएको छ ।
विशेषगरि कांग्रेस समर्थित अनलाईन मिडियामा यसलाई प्रस्तुत गर्दै चरित्र हत्या गर्ने प्रयास गरिएको हो । गुन बहादुर थापालाई प्रतिनिधी सभाको स्वतन्त्र उम्मेदवार बनाउँने देखी सिलवाललको विपक्षमा अनेक हतकण्डा बनाउँने सम्म काममा थापालाई सहयोग गर्न कांग्रेस लागेको उम्मेदवार सिल्वाल बताउँछन् ।
निर्वाचनमन हारको डरले यस्तो चरित्र हत्या गर्ने प्रयास गरिएको भन्दै सिल्वाल भन्छन् “विपक्षीले गलत सावित भएका विषयलाई यति तुच्छ रुपमा अगाडी बढाइरहेका छन् जसले कांग्रेसको चरित्र नाङ्गो बनाएको छ । बहुसंख्यक ललितपुरका जनता मेरो पक्षमा र बाम गठबन्धनमा पक्षमा मत हाल्न सकारात्मक भएकोले अनावश्यक हल्ला र मेरो चरित्र हत्यामा लागेकोमा कांग्रेस यो घृणित कार्यप्रति खेद ब्यक्त गर्दछु ।”
ब्यक्तिगत चरित्र हत्यामा लागेको भन्दै महानगरिय प्रहरी प्रभाग चापागाउँले चरित्र हत्याका प्रचार सामाग्री सहति गुण बहादुर थापालाई पक्राउ समेत गरेको छ । श्रोतका अनुसार थापा र कांग्रेस उम्मेदवार उदय समशेर राणा विचमा दैनिक दशौ पटक टेलिफोन वार्ता समेत हुने गरेको छ । यसले कांग्रेसले नै गुण बहादुर थापालाई सहयोग गरिरहेको देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ