आर्थिकसँगै धार्मिक सांस्कृतिक क्षेत्रको विकास गछौ : प्रधानमन्त्री देउवा 

आर्थिकसँगै धार्मिक सांस्कृतिक क्षेत्रको विकास गछौ : प्रधानमन्त्री देउवा 

  • बिहिबार, मंसिर १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

हेटौँडा, १४ मंसिर ।
प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गठबन्धनले जितेमा विकासनिर्माणसँगै धार्मिक सांस्कृतिक क्षेत्रको विकासमा उल्लेख्य काम गरेर देखाउने बताउनुभएको छ ।

मकवानपुरको थाहा नगरपालिकामा आज भएको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतान्त्रिक गठबन्धनको जित लोकतन्त्र रक्षाको लागि भएकाले पनि सुनिश्चित गर्न मतदातालाई आग्रह गर्नुभयो ।
वाम गठबन्धनबाट लोकतन्त्रको रक्षा नहुने दोहोर्याउदैँ प्रधानमन्त्री देउवाले लोकतान्त्रिक गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार कमल थापाले अन्य दलले वर्षाँैदेखि जितेर पनि जनताको सुःखदुःखमा साथ नदिएको भन्दै यस पटक मतदाताले लोकतान्त्रिक गठबन्धनलाई रोज्ने बताउनुभयो ।

उहाँले आफूले अवसर पाउँदा मकवानपुरमा विकासका धेरै काम गरेको भन्दै पुनःसहयोगका लागि आग्रह गर्नुभयो । उहाँले अब लोकतान्त्रिक गठबन्धनबाट जितेर गएका जनप्रतिनिधिसँग मिलेर उल्लेख्य काम प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा काँग्रेसका नेता बालकृष्ण खाँणले मकवानपुरले इन्द्रबहादुर बानियाँलाई जिताए काँग्रेस प्रदेशको मुख्यमन्त्री बनाउन पहल गर्ने आश्वासन दिनुभएको थियो ।

उद्योगपति विनोद चौधरीले लोकतान्त्रिक गठबन्धनले विकासनिर्माणमा मुख्य भूमिका खेल्ने भएकाले आफू सो पार्टीमा प्रवेश गरेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ