युरोपियन मिसनको चार प्रश्न: प्रचण्डले दिए यस्तो जवाफ

युरोपियन मिसनको चार प्रश्न: प्रचण्डले दिए यस्तो जवाफ

  • बिहिबार, मंसिर १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

चितवन ,मंसिर १४ । 

युरोपियन युनियन इलेक्सन अब्जरभेसन मिसन, नेपालको टोली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच  भेटवार्ता भएकाे छ ।

चुनावी अभियानको क्रममा चितवनमा नै रहेका अध्यक्ष प्रचण्डसँग टाेलीले शिवनगरस्थित उहाँ कै घरमा भेटेकाे हाे ।

लरेन्स कार्लियर नेतृत्वको तीन सदस्यीय टोली र प्रचण्डबीच भएको सवाल जवाफ यस्तो छ:

निर्वाचनको यस समयमा तपाइँलाई कतैबाट सुरक्षा थ्रेट आएको छ कि छैन ?
-मलाई त्यास्तो थ्रेट कतैबाट आएको छैन ।

तपाईं सहभागी निर्वाचन सभाहरुमा बढी मानिसको उपस्थिति देखिन्छ नि  ?
-चितवन मेरो जिल्ला हो । मेरो जन्मस्थान हो । म पढेको, हुर्केको जिल्ला हो । मलाई चितवनबासीले मायाँ गर्नुहुन्छ । कुनै दल विशेष मात्र भन्दा पनि सम्पूर्ण (दलका) चितवनवासीले मलाई साथ दिनुहुन्छ ।

यस निर्वाचनमा तपाइंको प्रतिस्पर्धा कस्तो हुने देख्नुहुन्छ ?
-यस पटकको निर्वाचनमा मैले चितवनबाट उम्मेदवारी दिएको छु । यस पटकको निर्वाचनमा मेरो खासै प्रतिस्पर्धा हुँदैनन् । किनकी, मेरो प्रतिस्पर्धि केही छैनन् । समग्र चितवनको विकासको लागि चितवनवासीले मलाई विश्वास गर्नुहुनेछ ।

जनयुद्धको समयमा चितवनकै बाँदरमुढेमा भएको घटनाबारे ?
-बाँदरमुढे घटना युद्धको समयमा भएको ठूलो र निकै दुखद घटना हो । यसबारेमा छानबिन गर्न सत्य निरुपण आयोग गठन भएको छ । आयोगले आवश्यक र सही निर्णय गर्नेछ भन्नेमा म विश्वस्त छु ।-राताेपाटी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ