अधिनायकवाद विरुद्ध उभिन प्रधानमन्त्री देउवाको आह्वान

अधिनायकवाद विरुद्ध उभिन प्रधानमन्त्री देउवाको आह्वान

  • मङ्लबार, मंसिर १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं, १२ मंसिर ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अधिनायकवाद रोज्ने कि लोकतन्त्र रोज्ने भन्ने अधिकार जनताको हातमा रहेको बताउनुभएको छ ।
नेपाली काँग्रेस हाल भानु नगरपालिका–१२  द्वारा आयोजित चुनावि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रले मात्रै देशको रक्षा गर्ने हुनाले लोकतन्त्रका पक्षधर काँग्रेसलाई भोट दिएर जिताउन आग्रह गर्नुभएको छ ।
वाम गठबन्धनले अधिनायकवाद लाद्न खोजेको भन्दै प्रधानमन्त्री देउवाले त्यसविरुद्ध नेपाली जनता एक भएर लाग्न आह्वान गर्नुभएको छ  ।
नेपाली काग्रेंसका  वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको विकास र लोकतन्त्र रक्षाका लागि काँग्रेसलाई जिताउन आग्रह गर्नुभयो ।
प्रधानमन्त्री देउवा चुनावीसभामा कवितावाचन गर्दागर्दै हृदयाघात भई निधन हुनुभएका श्रीभक्त पण्डितको १३ दिनको श्रद्धाञ्जलिसभामा समेत सहभागी हुनु भई मृतकका आफन्तजनलाई सान्त्वना दिनुभएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ