भोट माग्न आउने नेताले जीवनस्तर फेरिदिन्छौँ भन्छन् तर चार पुस्ता देखि उस्तै !

भोट माग्न आउने नेताले जीवनस्तर फेरिदिन्छौँ भन्छन् तर चार पुस्ता देखि उस्तै !

  • सोमवार, मंसिर ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

लहान, ११ मंसिर । सिरहाको लहानस्थित चोक चौराहा, होटल र पसललगायत स्थानमा आसन्न निर्वाचनको चर्चा व्यापकरूपमा भइरहँदा लहान बजारसँगै टाँसिएको डुम बस्तीमा भने चुनावको कुनै रौनक देखिएको छैन ।

आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा पनि अहिलेसम्म कुनै उम्मेदवार माग्न लहान नगरपालिका–१ मटिर्वास्थित उक्त डुम बस्तीमा पुग्न सकेका छैनन् ।

“अहिलेसम्म उम्मेदवार आएका छैनन्, मतदान गर्न सिकाउन समेत कोही आएका छैनन्,” स्थानीयवासी विजय मरिकले भन्नुभयो, “उम्मेदवार को को हुनुहुन्छ केही थाहा छैन ।”

सँगुर पाल्ने र बाँसका सामग्री बनाएर बिक्री गरी जीवन धान्दै आएका सात घर डुम परिवारमा २०–२१ जनाको बसोबास रहेको छ । ऐलानी जमिनमा घर बनाएर बस्दै आएका उनीहरूको मतदाता संख्या १० रहेको छ । उम्मेदवार आफ्नो घरदैलोमा नआएकामा उनीहरूले गुनासो गरेका छन् ।

स्थानीयवासी चपली मरिकले भन्नुभयो, “हामीलाई भरोसा बाँड्छन्, धम्क्याएरै भोट लिन्छन् ।” गरिबी, अशिक्षा र चेतनाको अभावमा बाँचेको डुम समुदायको भोटले धेरै नेताको जिन्दगी फेरिए पनि उनीहरूको अवस्था दयनीय छ ।

“स्थानीय तह चुनावपछि बस्तीमा बाटो बन्छ, नागरिकता सिफारिस, जन्मदर्ता, मृत्युदर्ता, अस्पतालमा निःशुल्क उपचार हुन्छ भनेर भोट हालेको थिएँ, रेणु मरिकले भन्नुभयो, “जितेर गएकाहरू कोही फर्केर आएनन्, अवस्था उस्तै छ ।”

दलित समूहमा सूचीकृत डोम र मुसहर जाति बसोबास गर्ने बस्तीमा अधिकतम परिवारका सदस्यका नाममा जग्गा छैन । “घर पनि ऐलानी जग्गामै छ, स्थानीयवासी चपली मल्लिकले भन्नुभयो, “हामी तीनचार पुस्तादेखि यसै ठाउँमा बस्दै आएका हौँ तर हामीसँग जग्गाको कुनै प्रमाणपूर्जा छैन । प्रत्येक चुनावमा भोट माग्न आउने नेताले जीवनस्तर फेरिदिन्छौँ भन्छन् तर, हाम्रो जीवनस्तर फेर्नेगरी कहिल्यै उनीहरूले काम गरेनन् ।”

“सधैँ भरोसा बाँडेर भोट लिने तर कहिल्यै फर्केर बुझ्न नआउने नेतालाई यसपालि हामी भोट हाल्दैनौँ, शिवा मल्लिकले भन्नुभयो, “हाम्रो बस्तीमा सामुदायिक भवन, बाटोघाटो र शौचालय बनाइदिने उम्मेदवारलाई मत दिने सोचमा हामी छौँ ।”

लहान नगरपालिका निर्वाचन क्षेत्र नं १ मा पर्छ । यस क्षेत्रमा नेपाली काँग्रेसबाट प्रदीप गिरी, वाम गठबन्धनको तर्फबाट एमालेका गंगाप्रसाद यादव, फोरम–राजपा गठबन्धनबाट संघीय समाजवादी फोरम नेपालका राजलाल यादवलगायतका उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

कूल ३० वटा मतदान केन्द्र रहेको क्षेत्र नं १ मा पुरुष ४६ हजार ३२४ र महिला ४१ हजार ७४९ गरी ८० हजार ७२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ