११ मंसिर काठमाडौँ ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकमा आर्थिक क्रान्तिको खाँचो रहेको बताउनु भएको छ ।
संयुक्त वाम गठबन्धनद्वारा शंखरापुर नगरपालिका–५ स्थित इँटाखेलमा आज आयोजित चुनावी कार्यक्रममा नेता नेपालले मुलुकमा राजनीतिक क्रान्ति पूरा भएको बताउनु भयो ।
उहाँले नेपालमा लामो समयदेखि भइरहेको राजनीतिक संघर्षको उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्र भएको भन्दै अब यसलाई संस्थागत गर्ने र जनताको आर्थिक पहुँच बढाउनुपर्ने बताउनु भयो ।
देशमा भएका स्रोतसाधनलाई व्यवस्थित गर्ने र सही परिचालन गर्ने दृष्टिकोण वाम गठबन्धनसँग भएको भन्दै नेता नेपालले आगामी निर्वाचनमा जनताले गठबन्धनलाई बहुमत दिएमा पाँच वर्ष्भित्रमा नेपाललाई सम्पन्न राष्ट्रका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline