भोलि सम्ममा मतपेटिका संकलन कार्य सकिन्छ : आयोग

भोलि सम्ममा मतपेटिका संकलन कार्य सकिन्छ : आयोग

  • सोमवार, मंसिर ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ,११ मंसिर ।
पहिलो चरणमा हिजो सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको अधिकांश स्थानको मतपेटिका संकलन कार्य सकिएको निर्वाचन आयोगले जनाएको छ ।

पहाडि तथा हिमाली गरी ३२ जिल्लाको केहि बाहेक अधिकांश स्थानको मतपेटिका संकलन कार्य सकिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

हिमाली भेगका केहि स्थानमा मौसमका कारण मतपेटिका संकलन हुन नसकेको उहाँको भनाई छ । यद्धपि भौगोलिक रुपमा विकट रहेका केन्द्रहरुबाट समेत भोलीसम्ममा मतपेटिका संकलन गरिसक्ने गरी काम भइरहेको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिलेसम्म २ हजार ५७ स्थानका मतपेटिका संकलन भइसकेका छन् । ती मतपेटिका संकलन गरेर जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा कडा सुरक्षाका बीच राखिएको आयोगले जनाएको छ ।

प्रतिनिधिसभा तर्फ ३७ र प्रदेशसभा तर्फ ७४ निर्वाचन क्षेत्र गरी १ सय ११ निर्वाचन क्षेत्रमा हिजो मतदान सम्पन्न भएको हो ।

२ सय ८२ प्रतिनिधिसभा र ४ सय २० प्रदेश सभा तर्फ गरी जम्मा ७ सय २ जनाले उम्मेदवारी दिएका थिए । निर्वाचन आयोगले ३२ वटा जिल्लामा ६५ प्रतिशत भन्दा बढी मत खसेको तथ्यांक सार्वजनिक गरेको छ ।

यसैबीच दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा चुनावको सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ ।

आगामी मंसिर २१ गते दोश्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाका सबै निर्वाचन क्षेत्रमा आगामी सोमबारसम्म सम्पूर्ण कर्मचारी खटाइसक्ने आयोगको तयारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ