ललितपुरको काग्रेस कार्यलयमा बम फेला , कांग्रेस नेताको गाडिलाई लक्षित गरी बम विष्फोट

ललितपुरको काग्रेस कार्यलयमा बम फेला , कांग्रेस नेताको गाडिलाई लक्षित गरी बम विष्फोट

  • सोमवार, मंसिर ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

गुल्मी, मंसिर ११ ।
गुल्मीको मुसिकोट नगरपालिका –१ नेटाथाममा नेपाली कांग्रेसका नेता चढेको गाडिलाई लक्षित गरी बम विष्फोट भएको छ ।

आज विहान पौदीअमराईबाट दलिङ्गमा हुने चुनावी कार्यक्रमका लागि जाँदै गरेका नेपाली कांग्रेसका गुल्मी जिल्ला सचिव खिलध्वज पन्थी र कांग्रेसका क्षेत्रीय सभापति भगत खडका चढेको गाडिलाई लक्षित गरी बम प्रहार भएको हो ।

बम विष्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति भने नभएको बताइएको छ । अहिले घटनास्थलमा प्रहरी जाँदै गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

यस्तै नेपाली कंगेसकै ललितपुर ३ निर्वाचन क्षेत्रको प्रचार कार्यालयमा बम भेटिएको छ । भैसेपार्टी स्थित प्रचारकार्यालयमा आज विहान भेटिएको बम डिस्पोज गर्न नेपाली सेनाको टोली घटनास्थल तर्फ गएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ