मतपेटिका आजसम्ममा संकलन भइसक्ने , दुर्गम क्षेत्रबाट हेलिकप्टरले ओसार्ने

मतपेटिका आजसम्ममा संकलन भइसक्ने , दुर्गम क्षेत्रबाट हेलिकप्टरले ओसार्ने

  • सोमवार, मंसिर ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, मंसिर ११ । पहिलाे चरणमा हिजो मतदान भएका हिमाली र उच्च पहाडी जिल्लास्थित विकट क्षेत्रको मतदान केन्द्रका मतपेटिका आजसम्म संकलन गरिने भएको छ ।अाइतवार साझ मात्रै मतदान सकिएकाले साेहि दिन ढुवानी गर्न नसकिएका कतिपय दुर्गम केन्द्रमा मतपेटिका संकलन गर्न हेलिकप्टर नै पठाइने निर्वाचन आयोगले जनाएको छ ।

नजिकैका मतदान केन्द्रबाट मतपेटिका हिजै जिल्ला सदरमुकामसम्म ल्याइसकिए पनि टाढाका केन्द्रका मतपेटिका भने ल्याउन बाँकी थियो ।

मतपेटिका प्रमुख निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको प्रत्यक्ष निगरानी र दलका प्रतिनिधिसमेतको उपस्थितिमा राखिने आयोगले प्रष्ट गरेको छ ।

मतपेटिकामा निर्वाचन आयोगको सिलबन्दी रहनेछ । केही जिल्लामा मतपत्रको सुरक्षाका लागि सिसिटिभीसमेत राख्ने व्यवस्था गरिएको छ ।

हिजो मतदान भएका ३२ जिल्लाका ३७ क्षेत्रको मतगणना पनि मंसीर २१ गते दोस्रो चरणको मतदान सकिएपछि मात्र गरिने भएकाले मतपेटिकाको बलियो सुरक्षा प्रत्याभूति सबैले खोजेका छन् ।

हिजो(आइतबार) ढुवानी गर्न नसकिएका कतिपय दुर्गम केन्द्रमा मतपेटिका संकलन गर्न हेलिकप्टर नै पठाइने निर्वाचन आयोगले जनाएको छ ।

नजिकैका मतदान केन्द्रबाट मतपेटिका हिजै जिल्ला सदरमुकामसम्म ल्याइसकिए पनि टाढाका केन्द्रका मतपेटिका भने ल्याउन बाँकी थियो ।

मतपेटिका प्रमुख निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको प्रत्यक्ष निगरानी र दलका प्रतिनिधिसमेतको उपस्थितिमा राखिने आयोगले प्रष्ट गरेको छ ।

मतपेटिकामा निर्वाचन आयोगको सिलबन्दी रहनेछ । केही जिल्लामा मतपत्रको सुरक्षाका लागि सिसिटिभीसमेत राख्ने व्यवस्था गरिएको छ ।

हिजो मतदान भएका ३२ जिल्लाका ३७ क्षेत्रको मतगणना पनि मंसीर २१ गते दोस्रो चरणको मतदान सकिएपछि मात्र गरिने भएकाले मतपेटिकाको बलियो सुरक्षा प्रत्याभूति सबैले खोजेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ