१० मंसिर,बेनी । म्याग्दीमा मतपेटिका बोकेर फर्कदै गरेको सुरक्षाकर्मीलाई लक्षित गरेर बम विस्फोट भएको छ ।
म्याग्दीको माको मङ्गला गाउँपालिका वडा नम्बर ३ बुकेनी र वडा नम्बर ४ आरवाङ महेन्द्र मावि मतदान केन्द्रबाट मत पेटीका बोकेर सदरमुकाम बेनि आउँदै गरेको प्रहरी सेनासहितको गाडीमा अज्ञात समुहले बाम प्रहार भएको छ ।
कडा सुरक्षा घेराबीच मतपेटिका र निर्वाचन अधिकृतसहितका कर्मचारीहरु आउँदै गरेको बसमाथि बेलाखर्कस्थित सान्तुङ खोलामा आएपछि बम बिष्नेपोट भएको हो । बम विस्फोटपछि सेना र प्रहरीका गाडीहरु तितरबितर भएका छन् । भने मतादान केन्द्रबाट आएका सम्पूर्ण कर्मचारीहरुको भागाभाग भएको छ ।
बम विस्फोटको अहिलेसम्म घटनाको कसैले पनी जिम्मा लिएको छैन ।
यसैबीच मतपेटिका बोकेर सदरमुकाम गमगढी अाइरहेको टोलीमाथि बम प्रहार भएको छ । अज्ञात समूहले प्रहार गरेको सकेट बम विस्फोट हुँदा प्रहरी निरीक्षक बिष्णु आर्याल घाईते भएका छन् ।
थप विवरण अाउँन बाँकी ।