अबको निर्वाचनपछि काठमाण्डौको विकास तीव्र गतिमा हुन्छ :  नेता नेपाल

अबको निर्वाचनपछि काठमाण्डौको विकास तीव्र गतिमा हुन्छ :  नेता नेपाल

  • आइतवार, मंसिर १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौँ, १० मंसिर । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अबको निर्वाचनपछि वाम गठबन्धनको वहुमतको स्थिर सरकार बने मुलुकको समृद्धि हुने बताउनुभएको छ ।
काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधिसभका लागि उम्मेदवार बन्नुभएका नेपाले आज काठमाडौ महानगरपालिकाको वडा नं ३२ मा आयोजित घरदैलो अभियानमा वाम गठबन्धनको बहुमतको सरकार बन्ने र बहुमतको स्थिर सरकारले नै  मुलुकमा परिवर्तन ल्याउने दाबी गर्नुभयो ।
काठमाडौँको विकास र निर्माणका लागि आफू प्रतिबद्ध रहेको चर्चा गर्द उहाँले भन्नुभयो, ‘‘काठमाडौँको विकास जुन गतिमा अघि बढ्नुपर्ने हो त्यो हुन सकेको छैन, अबको निर्वाचनपछि यहाँको विकासले तीव्रता पाउँछ ।”
विसं २०७० मा काठमाडौँ क्षेत्र नं २ बाट निर्वाचित हुनुभएका नेता नेपाल पुनः सोही क्षेत्रबाट यहि मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा उम्मेदवार बन्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ