जामुने मतदान केन्द्र कब्जा गर्ने प्रयास जारी: मतदान स्थागित, दोहोरो झडप

जामुने मतदान केन्द्र कब्जा गर्ने प्रयास जारी: मतदान स्थागित, दोहोरो झडप

  • आइतवार, मंसिर १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

१० मंसिर,दोलखा । नेपाली काँग्रेसका कार्यकर्ताहरुले जिल्लाको एउटा मतदान केन्द्र नै कब्जा गर्ने प्रयास गरेका छन् ।

मतदान केन्द्र नै कब्जा गर्न खोजेपछि स्थिति तनावपूर्ण भएको छ । बाहिरबाट आएको समूहले केन्द्रमा आक्रमण गरेपछि तनाव सुरु भएको आरोप लगाइएको छ ।

नेवि संघका महामन्त्री कुन्दन काफ्ले नेतृत्वको आएको समूहले दोलखाको तामाकोशी गाउँपालिकाको जफेमा रहेको जामुने मतदान केन्द्र कब्जा गर्न खोजेपछि स्थिति तनावपूर्ण भएको छ भने मतदान स्थगित भएको छ । अहिले पनि सुरक्षाकर्मीबीच झडप भइहरेको बताइएको छ ।
मतदान केन्द्रमा रहेका सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिन धौधौ भइरहेको छ । थप सुरक्षा फोर्स मगाइएपनि अहिलेसम्म पुग्न सकेको छैन ।

नेपाली काँग्रेसका कार्यकर्ताहरुले माथिबाट ढुंगामुढा प्रहार गर्नुको साथै गुलेली ढुंगा प्रहार गरिरहेको प्रहरीले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ