कालिकोट , १० मंसिर ।
कालीकोटको पचालझरना गांउपालिकाको वडा न।२ मा रहेको मतदान केन्द्रमा बम बिस्फोट भएको छ ।
कालीका निमावि खयरकोटमा मतदान भईरहेको समयमा बम विस्फोट भएको हो ।
मतदान गरिरहेका बेला अचानक बम बिस्फोट भएपछि मतदाताहरुबीच केहिछिन भागदौड मच्चिएको थियो ।
बिस्फोटबाट त्रसित बनेका मतदाताहरु मतदानस्थलबाट बाहिरिएको हाम्रा सहकर्मीले जनाएका छन् । निर्वाचन सुरक्षार्थ खटिएका नेपालि सेना र प्रहरीले रोक्न खोज्दा आफुहरु असुरक्षीत भएको भन्दै मतकेन्द्रबाट मतदाता बाहिरिएको जनाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline