१० मंसिर,सिन्धुपाल्चोक । जिल्लाको लागर्चे मतदान केन्द्रमा मतदान सुरु हुन सकेको छैन ।
शनिबारदेखिको विवादका कारण सिन्धुपाल्चोक क्षेत्र नं. २ अन्तर्गत पाँचपोखरी थाङपाल गाउँपालिका– ८ लागर्चे मतदान स्थलको क र ख दुवै बुथमा अझै मतदान सुरु हुन सकेको छैन ।
नेकपा एमाले–माओवादी केन्द्र र नेपाली काँग्रेस–राप्रपा लोकतान्त्रिकको गठबन्धनबीचको विवादका कारण मतदान सुरु हुन नसकेको हो ।
मौन अवधिमा प्रचार गरेको भन्दै एमाले–माकेका कार्यकर्ताहरुले राप्रपा अध्यक्ष तथा उम्मेदवार पशुपति शमशेर राणाकी छोरी देवयानी राणामाथि हातपातको प्रयास गरेका थिए ।
यो क्षेत्रबाट प्रतिनिधि सभा सदस्यको लागि राणासँग एमालेका शेरबहादुर तामाङ प्रतिस्पर्धामा छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline