म्याग्दीमा सुरक्षा सतर्कता उच्च,यस्ताे छ सुरक्षा तयारी

म्याग्दीमा सुरक्षा सतर्कता उच्च,यस्ताे छ सुरक्षा तयारी

  • शनिबार, मंसिर ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

म्याग्दी, ९ मंसिर । भोलि आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सुरक्षा निकायले सुरक्षा सतर्कता बढाएको छ ।

लोकतान्त्रिक र वाम गठबन्धनका कार्यकर्ताबीच गएराति जिल्लाका विभिन्न ठाउँमा झडप भएपछि सदरमुकाम बेनीदेखि ग्रामीण क्षेत्रसम्म रातको समयमा हुने गतिविधिलाई निगरानी र नियन्त्रण गर्ने रणनीतिलाई कार्यान्वयन गरिएको प्रहरी नायब उपरीक्षक वसुन्धरा खड्काले बताउनुभयो । गएराति घतान, अर्जम, चुत्रेनी, मुदी, पात्लेखेतलगायतका ठाउँमा दुई गठबन्धनका युवाबीच झडप भएको थियो ।

दल र उम्मेदवारको प्रचारप्रसारका क्रममा उम्मेदवार केन्द्रित सुरक्षा रणनीति अपनाएका सुरक्षा निकायले बिहीबारदेखि मतदानस्थलमा पुगेका अधिकृतसहितको कर्मचारीको सुरक्षा, सम्भावित झडपका घटनालाई न्यनूीकरणका लागि फरक रणनीति अपनाएको प्रहरी नायब उपरीक्षक वसुन्धरा खड्काले बताउनुभयो ।

बिहीबार रातिदेखि शुरू भएको मौन अवधिमा प्रतिस्पर्धी दलहरूले मतदातालाई प्रभावित पार्न खोज्दा झडपका घटना, आपराधिक मानसिकता भएकाहरूको चलखेल, निर्वाचनको विरोधीहरूको गतिविधिसमेत बढ्न सक्ने सम्भावनालाई मध्यनजर गरी सुरक्षा योजना बनाइएको सुरक्षा निकायले जानकारी दिएको छ ।

निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सदरमुकाम बेनीदेखि विकट बस्तीका मतदान केन्द्रमा समेत आवश्यकताअनुसारको सुरक्षाकर्मी परिचालन गरिएको बताउँदै राति ८ बजेपछि आवतजावतमा निगरानी र १० बजेपछि नियन्त्रणमा लिई अर्को दिन छोड्नेसहितको योजना बनेको छ । जिल्लालाई जोड्ने नाकामा कडाइ, जमिनदेखि जंगलसम्म सुरक्षाकर्मीको परिचालन गरिएको बताउँदै राजनीतिक दललगायतका सरोकारवाला निकायबाट समेत सहयोगको अपेक्षा गरिएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्ने आवश्यक सबै शक्ति प्रयोग गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित छलफलमा सामाजिक सञ्जाल, गलत मोटिभेसन, मदिरा, पैसा, मोटरसाइकल र शक्ति प्रदर्शनका कारण हुन सक्ने सम्भावित घटनालाई आधार बनाई रणनीति बनाइएको सुरक्षा निकायको भनाइ छ ।

निर्वाचनको प्रचारप्रसारका क्रममा बेनी नगरपालिका–१ रत्नेचौर र बेनपा–३ भकिम्लीको तोराखेतमा बम विस्फोट भएपछि सुरक्षा योजनामा समेत परिवर्तन गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ