अर्थमन्त्री कार्की चुनावी प्रचारमा

अर्थमन्त्री कार्की चुनावी प्रचारमा

  • शनिबार, मंसिर ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

इटहरी, ९ मंसिर । नेपाली काँग्रेसका नेता एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली काँग्रेसलाई मत दिन आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि सुनसरी निर्वाचन क्षेत्र नं ४ का उम्मेदवार समेत रहनुभएका कार्कीले काँग्रेसलाई विजयी गराए देशको विकास हुने बताउनुभयो ।

अर्थमन्त्री कार्कीले आज आफ्नो निर्वाचन क्षेत्रको भोक्राहा–४ मेहता बस्तीमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै क्षेत्र नं ४ मा महामानव बिपी कोइरालाले २००७ सालको राजनीतिक परिवर्तनपछि भएको पहिलो आम चुनाव लडेको स्मरण गर्नुभयो । उहाँले राजनीतिक कर्मथलो भएकाले पनि उक्त निर्वाचन क्षेत्र काँग्रेसका लागि महत्वपूर्ण रहेको बताउनुभयो ।

“काँग्रेसले जहिले पनि किसानलाई केन्द्रबिन्दुमा राखेर विकास निर्माणका काम गर्छ,” उहाँले भन्नुभयो । देशको अर्थतन्त्र कृषिमा निर्भर रहिआएकाले किसानको जीवनस्तर व्यवस्थित गर्नका लागि व्यवस्थित सिँचाइ सुविधासँगै अबको पाँच वर्षभित्र आमूल सुधारका विकास योजना कार्यान्वयनमा ल्याउने अर्थमन्त्री कार्कीको भनाइ थियो ।

क्षेत्र नं ४ अन्तर्गतका कृषियोग्य जमिनमा थप सिँचाइ सुविधा उपलब्ध गराउनका लागि सरकारले रु पाँच करोडको सुनसरी सिँचाइ योजनाको टेण्डरसमेत गरिसकेको उहाँले बताउनुभयो । युवा स्वरोजगारका लागि काँग्रेसले पाँच वर्षभित्र ठोस योजना कार्यान्वयन गर्ने खाका तयार गरेको उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ