उनी झस्किए एमालेको झण्डा गाडेको घरबाट बिष्णुको सोधीखोजी भएपछि । अन्दाजी ४५ बर्ष जस्ता देखिने घरमै बोलाए र भने, ‘तपाईँहरु मेरो घरमा आउनु परो’ । मतदाताले बोलएपछि जुन पार्टीको मान्छे भएपनि बिष्णु गए । उनले अाफ्नो नाम सीताराम कार्की भन्दै परिचय दिए ।
घरको दलिनमा गुन्द्री निकालेर पेशाले कृषिमा संलग्न ती मतदाताले भने, ‘हेर्नुस म आस्थाका हिसाबले एमालेको मान्छे हुँ, मेरो घरमा एमालेको झण्डा छ तर यो पटक मेरो भोट तपाईलाई हुन्छ, हाम्रो घरपरिवारमा १६ भोट छन, सबै भोट तपाईँलाई ।’
घरको दलिनमा गुन्द्री निकालेर पेशाले कृषिमा संलग्न ती मतदाताले भने, ‘हेर्नुस म आस्थाका हिसाबले एमालेको मान्छे हुँ, मेरो घरमा एमालेको झण्डा छ तर यो पटक मेरो भोट तपाईलाई हुन्छ, हाम्रो घरपरिवारमा १६ भोट छन, सबै भोट तपाईँलाई ।’ राईको हात समाउँदै उनले थपे, ‘बिष्णु राई जस्तो मान्छे उम्मेदवार बन्दा मैले पार्टी हेर्ने कुरै भएन, नेता असल भयो भने मात्रै हाम्रो गाउँ बन्छ, तपाईँ जिल्ला विकास समितिको सभापति हुँदा जिल्लामा तपाईँले गरेको कामको गुनागान सुनेको थिए, त्यसले पनि तपाईँलाई भोट हाल्ने मनस्थिति बनाएको थिए आज प्रत्यक्ष भेटने अवसर मिल्यो यो पटक हाम्रो भोट तपाँईँलाई हुन्छ तर ५ बर्षभित्र हाम्रो गाउँ पनि बन्नु पर्यो ।’
राईले घरदैलोको क्रममा इन्द्रेणीपोखरी, चिप्रिङको चुनावी अभियानमा यस्ता धेरै मतदाता भेटे जो जुन पार्टीका भएपनि भोट दिन लालयित छन् । जिल्लामा सालिन, लोकप्रिय र प्रखरवक्ताको साथै जनप्रिय नेताको छाप बनाएका राई आफ्ना चुनावी एजेण्डासहित अहिले जनताको घरदैलो गरिरहेका छन् ।
पार्टीका नेता तथा कार्यकर्ता सहित जब साविकको वाप्लुखा गाविस छिरे त्यहाँ पनि त्यस्तै संयोग जुर्यो । माओवादीमा लामो समय व्यतित गरेका एकजना अगुवा कार्यकर्ता रहेछन् उनी । उनले बिष्णु रार्ईको बारेमा धेरै कुरा सुनेका र पत्रपित्रकामा विभिन्न लेखहरु पढेका रहेछन् ।
जम्काभेटमा परेका अन्दाजी ३२ बर्षिया युवाले पनि उनलाई देख्ना साथ भने, ‘ओहो तपाईँसँग नसोचेको भेट भयो त’ बिष्णुले हात जोरेर भने ल म चुनावमा उठेको छु मलाई सहयोग गर्नुपर्यो ।’ उनको बचन भुईमा खस्न नपाउँदै ती युवाले भने, ‘तपाईँ माग्न नआए पनि म एक भोट तपाईँलाई नै दिनेवाला थिएँ’ उनले थपे ‘मलाई राम्रोसँग थाहा छ, हामीले मुलुकमा परिवर्तनका लागि हतियार उठाएर लडाई लड्दै गर्दा काँग्रेसभित्र गणतन्त्रको साहासिक कुरा गर्ने मध्येको तपाईँ पनि एक हो, त्यही भएर म जस्ता धेरैले यो पटकको तपाईँको अग्रगामी विचारको सम्मान र साहासिक राजनीतिको कदरका लागि यो पटक भोट दिने निर्णय गरेका छौँ ।’
हामी पनि रिपोर्टिङ गर्दै जाँदा नेता राईसंग केही समय वस्ने अवशर मिल्यो, अनि केहि ठाउँ उहाँकै अनुरोधमा घुम्ने वातावरण पनि मिल्यो, तर हामी मिडियाका लागि चुनावी गतिविधिको सामग्रीको लागि रिपोर्टिङमा सदरमुकामबाट गाउँ लागेका थियौं, हामीसंग समय अत्यन्तै थोरै थियो । उहाँसंग भेट हुनासाथ त्यो अवशरमा खुशी हुँदै भन्नुभयो , ओहो पत्रकार साथीहरु दिक्तलेदेखि रिपोर्टिङमा यति टाढा आउँनुभयो ? उहाँले यो प्रश्न गरिनसकी फेरी सोध्नुभयो, हेर्नुस न मैले यो जिल्लाको लागि निश्वार्थ सेवा गरेको थिए, म यहि खोटाङमा जन्मिएर यहिको विकासमा अनि यहाँका जनतासंग रम्न चहान्छु । राजनीतिक उतारचडावमा अनि दुख सुखमा म यहिँका जनतासंग सधैं छु । २०७० सालमा मलाई जनताले अवशर दिनुभएन, यो पटक अवश्य दिनुहुनेछ, अनित मेरो राजनीतिक यात्रा पनि त यो अन्तिम हो । राईले पत्रकार देखेर पनि होला अलिकति भावुक पनि हुँदै भने, उहाँसँग आशा होला, मिडियाले आफुलाई प्रथामिकता दिओस् ।’
अवसरवादी माओवादी केन्द्रका नेता २०६४ सालमा क्षेत्र नम्बर १ बाट विजयी संसद कामरेड रामकुमार राई फेरी क्षेत्र नम्बर २ मा उम्मेद्वार बने । जहाँ आफुलाई फाईदा हुन्छ, त्यतै जाने नेताले यहाँको विकास कसरी गर्न सक्छन् ? अश्चर्य लाग्छ उनले भने ।
यद्यपि, चुनाबी अभियानका क्रममा उनलाई धेरैले साथ र समर्थन गरिरहेका छन् । सो क्रममा उम्मेदवार राईले आफूले जितेपछि जनतालाई कहिल्यै बेईमानी नगर्ने बताउँदै आएका छन् ।