भाेली (आइतबार) ३२ जिल्लाको ३७ चुनाव क्षेत्रमा मतदान, परिचयपत्र वितरण हुँदै

भाेली (आइतबार) ३२ जिल्लाको ३७ चुनाव क्षेत्रमा मतदान, परिचयपत्र वितरण हुँदै

  • शनिबार, मंसिर ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं, मंसिर ९ । पहिलो चरण अन्तरगत प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन भाेली (आइतबार) हुँदैछ ।

३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रका मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दछन् । जहाँबाट प्रतिनिधि सभाका लागि ३७ सदस्य तथा प्रदेश सभाका लागि ७४ सदस्य निर्वाचित हुँदैछन् ।यी क्षेत्रमा प्रतिनिधि सभाका लागि २८२ तथा प्रदेश सभाका लागि ४२० प्रतिस्पर्धी मैदानमा रहेका छन् ।

प्रत्यक्षबाट निर्वाचित हुने १६५ तथा समानुपातिक पद्धतीबाट निर्वाचित हुने ११० गरी २७५ सदस्यीय प्रतिनिधिसभा बन्दैछ । पहिलो चरणमा हुनेबाहेक दोस्रो चरणको निर्वाचन भने मंसीर २१ गते हुनेछ ।

प्रदेश संसद भने सातै प्रदेशमा गरेर ५५० सदस्यीय बन्नेछ । जहाँ प्रत्यक्षबाट ३३० तथा समानुपातिकबाट २२० जना निर्वाचित भएर आउनेछन् ।

त्यस्तै आयोगले पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरुमा वितरण गरिरहेको मतदाता परिचयपत्र आज पनि लिन सकिने छ ।

आयोगले स्थानीय तहको चुनावमा मतदाता परिचयपत्र बुझ्न बाँकी रहेका तथा गत भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएकाहरुलाई मतदाता परिचयपत्र वितरण गरेको हो ।

नामावली सार्न र सच्याउन निवेदन दिएकाले पनि मतदाता परिचयपत्र लिन सक्ने छन् । स्थानीय तहको चुनावमा मतदाता परिचयपत्र लिइसकेकाले भने त्यही परिचयपत्रका आधारमा मतदान गर्न पाउने छन् ।

परिचयपत्र सम्बन्धित मतदान केन्द्रबाट लिन सकिने व्यवस्था गरिएको छ । त्यसका लागि सकेसम्म मतदाता आफैं जानुपर्ने छ ।

मतदाता परिचयपत्र लिन आफैं जान नसक्ने अवस्थामा परिवारको सदस्य भएको यकिन गरी परिवारका सदस्यलाई परिचयपत्र दिने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ