विप्लवको गाउँबाट वर्षमानको प्रचार टोली कब्जामा, वर्षमानकै कार्यकर्ताले जलाए प्रचार सामाग्री

विप्लवको गाउँबाट वर्षमानको प्रचार टोली कब्जामा, वर्षमानकै कार्यकर्ताले जलाए प्रचार सामाग्री

  • शुक्रबार, मंसिर ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

रोल्पा, ८ मंसिर । रोल्पामा माओवादी केन्द्रको चुनाव प्रचार टोलीलाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।

माओवादी केन्द्रका नेता तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार वर्षमान पुनको प्रचारमा हिडेको टोलीलाई रोल्पाको इरिबाङ-५ केवरीबाट चुनाव प्रचार सामाग्रीसहित नियन्त्रणमा लिएका हुन्।स्थानीयले चुनाव प्रचार टोलीलाई नै प्रचार सामाग्री जलाउन लगाएका थिए ।

अाफूहरुको अनुमति विना गाउँ पसेर जनतामा भ्रम फिजाएकोले प्रचार टोलीलाई नियन्त्रणमा लिएको स्थानीयले बताएका छन् । कब्जामा लिएका प्रचार सामाग्री स्थानीयले अागो लगाएर जलाएका छन् भने प्रचार टोलीलाई फेरि नअाउने सर्तमा छोडिएको बताइएको छ।

ईरिबाङ नेकपा महासचिव विप्लवको गाउँ हो । त्यहाँका जनताले चुनाव खारेज गर्ने भन्दै आफ्ना नेता अरुलाई चुनाव प्रचारप्रसार नगर्न समेत चेतावनी दिएका छन् । आफुहरुको अनुमति बिना उक्त गाउँमा प्रवेश गरी माओवादी केन्द्रले भ्रम फिजाउन खोजेको भन्दै स्थानीय जनता आक्रोशित बनेका थिए ।

ईरिबाङ गाउँ नजिकै केही दिन अगाडि बाम गठबंधनका उम्मेदवारहरु माथि ढुङ्गा मुढा समेत प्रहार भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ