पहिलो चरणको निर्वाचनको लागि मौन अवधि सुरु

पहिलो चरणको निर्वाचनको लागि मौन अवधि सुरु

  • शुक्रबार, मंसिर ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौं, मंसिर ८ ।
पहिलो चरणमा आगामी आइतबार ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावको मौन अवधि शुरु भएको छ ।

गएराति १२ बजेदेखि मौन अवधि शुरु भएकाले राजनीतिक दल तथा उम्मेदवारले सम्बन्धित जिल्लामा मतदातासँग भोट माग्न तथा प्रचारप्रसार गर्न पाउने छैनन् ।

मौन अवधिमा राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगले जनाएको छ ।

पहिलो चरणको चुनावका लागि मौन अवधि लागू भइरहँदा दोस्रो चरणमा मंसिर २१ गते चुनाव हुने ४५ जिल्लामा चुनावको प्रसारप्रसार जारी रहने छ ।

मौन अवधिमा सञ्चारमाध्यमहरूबाट प्रकाशन तथा प्रसारण गरिने समाचारजन्य सामग्रीबाट पनि मतदातालाई प्रभाव पर्ने भएकाले निर्वाचन आचारसंहिताविपरीत हुने कुनै पनि प्रकारका सामग्री प्रकाशन तथा प्रशारण नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

मौन अवधि सुरु भएपछि भोट माग्ने हिसावले कुनै पनि क्रियाकलाप गरेमा १ लाख रुपैयाँ जरिवानादेखि उम्मेदवारी खारेजसम्मको कारबाही हुन सक्ने आयोगले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ