नेपाल वायुसेवा निगमले पर्यटकीय गन्तव्य मेघौलीमा मंसीर १३ गतेबाट नियमित सेवा प्रारम्भ गर्ने

नेपाल वायुसेवा निगमले पर्यटकीय गन्तव्य मेघौलीमा मंसीर १३ गतेबाट नियमित सेवा प्रारम्भ गर्ने

  • बुधबार, मंसिर ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

 

मंसिर ६,काठमाडौँ /
नेपाल वायुसेवा निगमले पर्यटकीय गन्तव्य चितवनको मेघौलीमा मंसीर १३ गतेबाट नियमित सेवा प्रारम्भ गर्ने भएको छ ।

नेपालका लागि पर्येताकीय गन्तव्यको रुपमा चिनिने मेघौली उडान हप्ताको तीन दिन सोमबार, बुधवार र शनिवार अपरान्ह १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनेभएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज नजिकै रहेको मेघौली धावनमार्गमा राट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले काठमाडौँ बाट उडान भरेको ४० मिनेटमा पुर्याउने भएको छ । निगमले हाललाई मेघौलीका लागि एकतर्फी भाडा रु.३१६५ निर्धारण गरिएको छ ।
मेघौलीमा सिधै पुग्ने भएपछी पर्येतकलाइ भरतपुर विमानस्थल भएर अन्य सवारीसाधनमा यात्रागरि राष्ट्रिय निकुञ्ज पुग्न पर्ने बाध्यताबाट धेरै हदसम्म सहज हुने भएको छ ।

यसै गरी ताप्लेजुङ्गको सुकेटारमा पनि निगमले मंसीर १३ देखि आफ्नो नियमित सेवा पुनः प्रारम्भ गर्ने भएको छ ।

सुकेटारका लागि हप्ताको एकदिन बुधबार बिहान ७ बजे काठमाडौबाट उडान गरिने निगमले बताएको छ ।

सुकेटारका लागि एकतर्फी भाडा रु.५४०५ निर्धारण गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ