ललितपुरमा मदनबहादुर अमात्य र पम्फा भुषाल , कस्ले मार्ला बाजी ?

ललितपुरमा मदनबहादुर अमात्य र पम्फा भुषाल , कस्ले मार्ला बाजी ?

  • बुधबार, मंसिर ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

ललितपुर, ६ मंसिर । आगामी मंसिर २१ गते हुन लागेको दोस्रोचरणको प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवार घरदैलो अभियानमा व्यस्त छन् ।

निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारले मतदातासँग भोट माग्न घरदैलो अभियान गरिरहेका छन् । गाउँघरमा चुनावी चहलपहल बढ्दै गएको छ ।

उम्मेदवार आफ्नो पक्षमा मत माग्न कसरत गरिरहेका छन् । काँग्रेस उम्मेदवार मदनबहादुर अमात्य २०७० सालको सविधानसभाको दोस्रो निर्वाचनमा क्षेत्र नं ३ बाट विजयी हुनुभएको थियो । उहाँ यसपाली लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ ।

“लोकतन्त्रको स्थायित्वका लागि काँग्रेसको विजय आवश्यक छ,” उहाँले भन्नुभयो । वाम गठबन्धनले कुनै असर पार्न नसक्ने अमात्यको भनाइ छ । आफ्नो चार वर्षको कार्यकालमा विकास निर्माणका कामलाई तीव्रता दिएको उहाँको दाबी छ ।

वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार माओवादी केन्द्रकी पम्फा भुषाल २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा विजयी हुनुभएको थियो । आफ्नो विजय सुनिश्चित गराउन उहाँले घरदैलो अभियानलाई तीव्र पार्नुभएको छ । विसं २०६४ को निर्वाचनमा जस्तै जनताले यसपटक पनि आफूलाई निर्वाचित गराएर पठाउनेमा आफू विश्वस्त रहेको भुषालले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ