मधेश अधिकार सम्पन्न नभएसम्म आन्दोलन जारी रहने : नेता महतो

मधेश अधिकार सम्पन्न नभएसम्म आन्दोलन जारी रहने : नेता महतो

  • बुधबार, मंसिर ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

धनुषा, ६ मंसिर । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले मधेस र मधेशी जनताको आधारभूत आवश्यक्ता पूरा गर्ने जिम्मेवारी मधेशवादी दलको काँधमा आएको बताउनुभएको छ ।

धनुषाको नगराइन नगरपालिकास्थित लगमा आज आयोजित चुनावी सभामा उहाँले मधेशीको हक अधिकार, स्वाभिमान र सम्मानको रक्षाका लागि मधेशवादी दलकै पक्षमा मतदान गर्न सबैमा अपिल गर्नुभयो ।

धनुषा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका नेता महतोले भन्नुभयो– “मधेशी जनताकै मत लिएर मधेशी जनतामाथि नै गोली चलाउने हत्यारालाई यस पटकको निर्वाचनबाटै मधेशी जनताले हिसाब लिने छ ।”

हाम्रो आन्दोलन मधेशअधिकार सम्पन्न नभएसम्म जारी रहने उल्लेख गर्दै उहाँले मधेशी जनतालाई अधिकार सम्पन्न नबनाएसम्म हाम्रो आन्दोलन जारी रहन्छ भन्नुभयो ।

नेता महतोले राजपा जिते मात्रै मधेशको जित हुने बताउँदै “मधेशलाई अधिकार सम्पन्न र बराबरीको हक दिलाउन राजपालाई जिताउनुस् भन्नुभयो ।”

“काँग्रेस सधैँ सत्तामा रहेको छ, तर पनि यहाँका जनकपुर चुरोट कारखाना बन्दभयो, जनकपुर भिठ्ठामोड, जटहीलगायतका सडकको अवस्था जीर्ण छ, यहाँसम्म कि जानकी मन्दिरलाई पनि विश्व सम्पदा सूचीमा ल्याउन सकिएन्” उहाँले भन्नुभयो — “राजपा जितेर गयो भने यी सबै मुद्दाको सम्बोधन हुन्छ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ