नवलपरासी ,मंसिर ६,
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको चुनाव मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थिरताका लागि अत्यावश्यक भएकाले माओवादी केन्द्र र एमालेबीच चुनावी तालमेल भएको बताउनु भएको छ ।
नवलपरासीको चोरमारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता ओलीले कांग्रेसको नेतृत्वले मुलुकले निकास पाउन नसकेपछि कम्युनिष्ट शक्ति एक भएर मुलुकको विकास अगाडि बढाउन चुनाव लगत्तै पार्टी एकीकरण गरेर कम्युनिष्ट सरकरा गठन हुने दाबी गर्नुभएको छ ।
आगामी चुनावमा वाम गठबन्धन अत्याधिक बहुमतले विजयी हुने दावि गर्नुभएको छ । आगामी चुनावमा वाम गठबन्धन अत्याधिक बहुमतले विजयी हुने जिकिर गर्दै आफ्ना नेता कार्यकर्तालाई विपक्षीले फिजाएका भ्रम फैलाउन गाउँ पस्न निर्देशन दिनुभएको छ ।
अन्य पार्टीले जनतालाई भ्रम सिर्जना गरेर आफूतर्फ आकर्षित गर्न खोजेको भन्दै भैममा नपरी वाम गठबन्धनलाई जिताउन मतदातालाई आग्रह गर्नु भएको छ ।