मतपेटिका सुरक्षाका लागि सिसिटिभी जडान गरिने, मतगणना नहुन्जेल कडा सुरक्षा

मतपेटिका सुरक्षाका लागि सिसिटिभी जडान गरिने, मतगणना नहुन्जेल कडा सुरक्षा

  • मङ्लबार, मंसिर ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

लमजुङ, मंसिर ५ ।

आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका मतपेटिकाको सुरक्षा सिसिटिभीको निगरानीमा गरिने भएको छ ।

निर्वाचनको परिणाम घोषणा नहुँदासम्म सुरक्षा व्यवस्था सिसिटिभीको निगरानीमा गरिने सम्बन्धीत अधिकारीहरुले बताएका छन् । मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनको मतगणना दोस्रो चरणको निर्वाचन पछिनै गरिने बताइएको छ ।

सो अवधिमा मतपेटिकाको सुरक्षा र मतगणनाको समयमा सिसिटिभीको प्रयोग गरिने क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले जानकारी दिनुभएको छ ।

लमजुङमा राजनीतिक दल तथा सञ्चारकर्मीसँग छलफल गर्दै निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले शान्त, मर्या्दित र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन सबैको भूमिका महत्वपूर्ण हुने बताउनु भएका्े छ ।

निर्वाचन आयुक्त पौडेलले मतदातालाई धम्काएर, तर्साएरभन्दा पनि मन जितेर मत माग्न दलहरुलाई आग्रह गरे । जिल्लाको निर्वाचन अवस्था र सुरक्षाबारे जानकारी लिन आयुक्त र क्षेत्रीय प्रशासकसँगै नेपाली सेनाका पृतनापति देवेन्द्रबहादुर मेधासी, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक कमलसिंह बम लगायतको टोली लमजुङ आएको थियो ।

सुरक्षा अधिकारीहरुले राजनीतिक दललाई रातिको समयमा कार्यक्रम नगर्न सुझाव दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ