मतदाता शिक्षा प्रभावकारी नहुँदा बैतडीका मतदाता अन्योलमा

मतदाता शिक्षा प्रभावकारी नहुँदा बैतडीका मतदाता अन्योलमा

  • मङ्लबार, मंसिर ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

बैतडी, मंसिर ५ ।
पहिलो चरणको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन आउँन ५ दिन मात्र बाँकी रहेका बेला मतदाताहरु भने कसरी मत हाल्ने भन्दै अन्योलमा परेका छन् ।

मतदाता शिक्षाका लागि राज्यले ठूलो रकम खर्च गरेर मतदाता स्वयंसेवक परिचालन गरेको भएपनि उनीहरुले प्रभावकारी ढंगले काम नगरेका कारण विभिन्न जिल्लाका मतदाताहरु भने कसरी मत हाल्ने भन्ने विषयमा नै अन्योलमा परेका हुन् ।

निर्वाचनको मिति नजिकिएसँगै बैतडिका मतदाता पनि आगामी निर्वाचनमा मत कसरी हाल्ने भन्ने अन्योलमा परेका छन् । जिल्ला निर्वाचन कार्यालय बैतडीले गाउँ – गाउँमा खटाएका मतदाता शिक्षा स्वयंसेवक आफूहरुको गाउँठाउँमा अहिले सम्म नआएको भन्दै मतदाताले गुनासो गरेका हुन् ।

निर्वाचन कार्यालयले खटाएका मतदाता शिक्षा स्वर्यसेवक नागरिकको घरदैलोमा पुगेर मतदान गर्ने तरिका नसिकाउँदा मतदातामा ठूलो अन्योल छाएको हो ।

जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फूयालले भने मतदाता शिक्षा स्वयंसेवक सबै नागरिकको घरमा गएर मतदान गर्ने तरिका सिकाइरहेको र नगएको ठाउँमा पनि केहि दिनभित्रै जाने जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ