निर्वाचनको बिरोध गर्नेलाई समाएर कार्वाहि गर्नु : प्रधानमन्त्री देउवा

निर्वाचनको बिरोध गर्नेलाई समाएर कार्वाहि गर्नु : प्रधानमन्त्री देउवा

  • सोमवार, मंसिर ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाण्डौ , ४ मंसिर ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि भयरहित वातावरणमा मतदान गर्ने ब्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।

प्रदेश नम्बर तीनको सुरक्षा गोष्ठीलाई आज काठमाडौंमा सम्बोधन गर्दै देउवाले चुनाव विरोधी गतिविधिमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न सुरक्षा निकायका उच्चअधिकारीलाई निर्देशन दिनुभयो ।

प्रधानमन्त्री देउवाले सुरक्षाकर्मीलाई निर्वाचन खारेजी अभियानमा रहेको नेपाल कम्युनिष्ट पार्टीमाथि लक्षीत गर्दै उक्त निर्देशन दिएको स्रोतले जनाएको छ ।

आसन्न निर्वाचनका लागी नेपाल कम्युनिष्ट पार्टी मुख्या सुरक्षा चुनौति रहेकोको भन्दै बैठकमा सोहि बिषयमा बिशेष छलफल भएको पनि बताईएको छ ।

निर्वाचनमा हुने बुथ कब्जा लगायतका अवाञ्छित गतिविधि निरुत्साहित गर्न भरपर्दो सुरक्षा व्यवस्था आवश्यक रहेकोमा पनि प्रधानमन्त्री देउवाले जोड दिनुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन प्रदेश नं ३ का सुरक्षा निकाय प्रमुख सहभागी सुरक्षा गोष्ठीमा उम्मेदवारमाथिको सुरक्षाका बिषयमा पनि छलफल भएको थियो ।

गोष्ठीमा प्रदेश नं ३ का प्रमुख जिल्ला अधिकारी सहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत सहभागी थिए ।
यस्तै गोष्ठीमा गृहमन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, नेपाली सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक दिलीप रेग्मी तथा रक्षा र गृह मन्त्रालय मातहतका उच्च अधिकृतको सहभागिता रहेको जनाईएको छ ।

बैठकमा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न बनाइएको सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन गर्ने, निर्वाचन सुरक्षामा देखिएको चुनौती, समस्या र समाधानको उपाय खोज्ने सन्दर्भमा छिमेकी जिल्लाको कार्यनीति र व्यवस्थापनका बारेमा अनुभव आदानप्रदान गरिएको गृह मन्त्रालय सुरक्षा समन्वय महाशाखाका प्रमुख सहसचिव नारायणप्रसाद शर्माले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ