प्रचण्डले मुख खोले : प्रकाशको हत्या भएजस्तो लाग्यो

प्रचण्डले मुख खोले : प्रकाशको हत्या भएजस्तो लाग्यो

  • सोमवार, मंसिर ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

४ मंसिर,काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालको आइतबार साँझ पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । बुबा प्रचण्डले दागवत्ती दिएका थिए ।

प्रकाशको पार्थिव शरीर नर्भिक अस्पतालबाट अन्तिम श्रद्धाञ्जलीको लागि पार्टी कार्यलय पेरिसडाँडामा लागिएको थियो । प्रकाशको निधन विहानै भइसकेको भएपनि बुबा प्रचण्ड झापाबाट काठमाडौँ ढिला पुगेका कारण दिउँसो मात्रै औपचारिक रुपमा घोषणा गरिएको थियो ।

चुनावी कार्यक्रम छोडेर प्रचण्ड झापाबाट हेलिकोप्टर चढेर काठमाडौँ आएका थिए । प्रचण्ड काठमाडौँ पुगिपछि आफ्नै निवास लाजिमपाटमा प्रहरी प्रमुख र पार्टीका केही नेताहरुसँग छलफल गरेका थिए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धन विभागका प्रमुखसँगको छलफलमा प्रचण्डले छोरा प्रकाशको हत्या भएको हुन सक्ने भन्दै छानविन गर्न भनेका थिए ।

प्रचण्डले बोलाएपछि नेपाल प्रहरीका प्रमुख प्रकाश अर्याल, सशस्त्रका सिंहबहादुर श्रेष्ठ तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलाई निवासमै बोलाएर निधन नभई हत्या भएको हुन सक्ने आशंका गर्दै छानविनका लागि निर्देशन दिएका हुन् ।

अध्यक्ष प्रचण्डले शनिबार साँझ प्रकाशले आफूसँग फोनमा कुरा भएको भन्दै आइतबार चितवन जाने जानकारी गराएको समेत प्रहरी प्रमुखलाई बताएका थिए ।

शरीरका केही भागमा चोट लागेका कारण प्रकाशको मृत्यु रहस्य भएको माओवादी केन्द्रका नेता-कार्यकर्ताहरु बताउँछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ