काठमाडौ, ४ मंसिर।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतसँग झुक्न आवश्यक नरहेको बताउनु भएको छ । कांग्रेसले घुँडा टेकेर कुरा गरेर भारतको आनाबानी विगारेका कारण मुलुकमा नाकाबन्दीसमेत लागेको उहाँको आरोप थियो ।
आज मोरङ ४ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले छिमेकीसँग बराबरी हैसियतमा सम्वन्ध राख्नु पर्ने आवश्यकता औल्याउनु भयो ।
उहाँले आफू प्रधानमन्त्री हुँदा भारत गएका बेला भारतीय नेताहरुसँग गरिएको कुराकानीको प्रसंग समते सुनाउनु भयो । उहाँले चुनावपछि अब रेल बनाउने, पानी जहाज चलाउने सरकार बन्ने दाबी गर्नु भयो ।
ओलीले कम्युनिष्टको सरकार बने लोकतन्त्र धरापमा पर्ने कांग्रेस नेताहरुको दाबी झुटो प्रचार मात्र भएको उल्लेख गर्नु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline