बुद्वि र हिम्मतले यसरी हुन्छ जित

बुद्वि र हिम्मतले यसरी हुन्छ जित

  • आइतवार, मंसिर ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

एकदिन एउटा कुकुर ले जङ्गल मा बाटो बिर्सेछ । त्यतिखेरै उसले देखेछ कि एउटा सिंह उसकै तिर आइरहेको रहेछ ।
कुकुर को सास डरले रोकिए जस्तो भयो ।
” आज त काम तमाम मेरो ” उसले मनमनै सोचेछ ,

त्यसपछी उसले अगाडि केही सुकेको हड्डीहरु देखेछ ।
त्यो आउदै गरेको सिंहको तर्फ थुचुक्क बसेर त्यो सुकेको हड्डीलाइ चुस्न थाल्यो र जोड ले जोडले बोल्न थालेछ ,
” वाह ! सिंहलाई खानुको मजा नै केही अर्कै छ , एउटा अर्को पनि भेटियो भने पुरै पेट भरिन्छ ”
अनि उसले जोडले डकारेछ । ”
सिंह सोच मा परेछ , उसले सोचेछ कि ” यो कुकुर ले सिंह को सिकार गर्छ ज्यान बचाएर भाग ”

सिंह त्यहाबाट ज्यान बचाएर भाग्यो ।
रुखमा बसेको बाँदरले यो सब हेरीरहेको थियो , उसले सोच्यो यहि मौका राम्रो छ सिंहलाई जम्मै नालिबेली सुनाइदिन्छु , सिंहसित मित्रता पनि भइहाल्छ र मेरो ज्यान को अब कुनै खतरा पनि हुदैन ,
त्यो फटाफट सिंह को पछाडी कुद्यो ,
कुकुर ले बाँदरलाइ जाँदै गरेको देखेछ र उसले सोचेछ कि केही न केही त लफडा छ ,

उता बाँदरले सिंहलाई जम्मै नालिबेली सुनाइदियो , कि कसरी कुकुर ले बेवकुफ बनायो भनेर ।

सिंह जोड ले करायो , ” हिड मेरो साथ अहिले उसको लिला म समाप्त गरीदिन्छु ”
अनि बाँदरलाई आफ्नो पिठ्युमा बसाएर सिंह कुकुर को तर्फ कुद्यो ।

कुकुर ले सिंहलाई आउदै गरेको देख्दा संकट आइपरेको जस्तो सोच्यो तर पनि हिम्मत गरेर कुकुर फेरि थुचुक्क बसेछ
अनि जोड जोड ले कराउन थालेछ ,
” यो बाँदरलाई पठाएको एक घण्टा भैसक्यो अहिले सम्म एउटा सिंहलाई फसाएर ल्याउन सकेको छैन ”

यो सुन्ने बित्तिकै सिंहले बाँदरलाई फ्याल्दै फर्केर ननस्टप भाग्यो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी